
सहदेव बस्नेत ।
जाजरकोट,जेठ १५ गते ।
७औं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा जाजरकोटमा विविध कार्यक्रमका साथ मनाइएको छ । महिला अधिकारको सम्मान, आत्मनिर्भरता हाम्रो अभियान भन्ने नारासहित मनाइएको दीवसको अवसरमा निर्णय प्रक्रियामा अर्थपूर्ण महिला सहभागिता र चुनौतीहरू विषयमा भेरी नगरपालिका सभाहलमा अन्तरपार्टी महिला संजाल जाजरकोटको आयोजनामा विशेष अन्तर संवाद कार्यक्रम सम्पन्न गरिएको हो ।
निर्णय प्रक्रियामा अर्थपूर्ण महिला सहभागिता र चुनौतीहरू विषयमा केन्द्रित उक्त कार्यक्रममा महिलाको सामाजिक, राजनीतिक र आर्थिक सहभागिता बढाउनुपर्ने आवश्यकता बारे गम्भीर छलफल गरिएको थियो।
संविधानमा उल्यखीत ३३ प्रतिशत महिलाअरु लाई निर्वाचण लगायत अन्य स्थानमा प्रतिनिधित्व हुन पाउनु पर्ने माग राखेका थिए । सहभागिहरुले जवाफदेही वक्ताको रुपमा रहनु भएका जनप्रतिनिधिहरु जिल्ला समन्वय समितिका उपप्रमुख दल वहादुर सिंह , भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी, छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र वहादुर थापा, कुशे गाउँपालिकाका उपाध्यक्ष देबीका सिंह समक्ष आफ्ना जीज्ञासाहरु राखेका थिए ।

त्यस्तै नेपाली काँग्रेसका कार्यवाहक सभापति खडक बीसी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष विश्व विक्रम शाह, नेकपा माओबादी केन्द्रका प्रदेस समिति सचिवालय सदस्य जनक राज गौतम र नेकपा समाजवादीका जिल्ला अध्यक्ष दीप वहादुर थापा सँग पनि विभिन्न सवालहरुमा जिज्ञासा राखेका थिए ।महिलाहरु लाई आर्थिक सशक्ति करण तथा लघु उद्यममा वजेट विनियोजन गर्नु पर्ने माग राखेका थिए ।
जवाफदेहि वक्ताहरुको तर्फवाट आफुहरुले सक्दो प्रयास गरेर महिलाको क्षत्रमा गरेका कार्यहरु वारे जानकारी गराएका थिए ।
त्यस्तै जवाफदेहि राजननितिक दलका तर्फवाट वक्ताहरुले महिलाहरुले आफ्नो क्षमता अभिवृद्धि गरी अगाडि वढ्न आफुहरुको पनि सहयोग रहने र आगामी दिनमा महिलाहरुले दावी रहेमा निर्वाचणमा उम्मेदवार वनाउन प्रतिवद्धता गर्नु भएको थियो ।
अन्तरपार्टी महिला संजालका अध्यक्ष रामछाया शाहीको अध्यक्षतामा सम्पन्न अन्तरसंवाद कार्यक्रमको संचालन अन्तर पार्टी महिला संजालका सचिव धर्मशीला बस्नेतले गर्नु भएको थियो भने कार्यक्रमको लागि आर्थिक सहयोग भेरी नगरपालिकाले गरेको थियो ।कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासँघ जाजरकोटका पुर्व अध्यक्ष बाल कुमार शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि,राजनीतिक दल, महिला अभियन्ता, पत्रकार , युवाहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति थियो।


जनसन्देश खबर । १६ जेष्ठ २०८२, शुक्रबार ०६:१९