कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोट जिल्लाको उल्लेखनीय सुधार

जनसन्देश सम्बाददाता
जाजरकोट, पुस २० गते । जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा राजु प्रशाद पौडेल आए सँगै कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोट जिल्लाको उल्लेखनीय सुधार आएको छ । गृह मन्त्रालयद्वारा विगत वर्ष देखिनै जिल्ला प्रशासन कार्यालयहरुले सम्पादन गर्ने शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सेवा प्रवाह, लागु औषध नियन्त्रण लगायत करिव एक सय वटा सुचकहरुको आधारमा मुल्याङ्कन गर्दै आइरहेको छ ।
गृह सचिव र प्रमुख जिल्ला अधिकारीहरुका. बीचमा भएको कार्य सम्पादन मूल्याङ्कनको आधारमा नतिजामा निकाल्ने गर्दछ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको विगत देखिको नतिजामा उल्लेखनिय सुधार ल्याएको छ ।


यस आर्थिम वर्षको पहिलो त्रैमासिकमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो पटक कुल २९.२५ मा २७.५ अंक प्राप्त गरी पहाडी जिल्लाहरुमा छैठौँ स्थानमा र समग्र ७७ जिल्लाहरुमा १२ औ स्थानमा पर्न सफल भएको हो । प्रमुख जिल्ला अधिकारी राजु प्रशाद पौडेलले यस कार्यमा सहयोग र समन्वय गर्ने आफ्ना कार्यालयका सवै कर्मचारी तथा सवै प्रति धन्यवाद व्यक्त गनु भएको छ । नियमित रुपमा सम्पन्न हुदै आइरहेको कार्यलाई आफुले सवैको समन्वय र सहकार्यमा सम्पन्न गरेको प्रजिअ पौडेलको भनाई छ । सवैको समन्वय र सहकार्यमा आगामि दिनमा अझै नतिजामा सुधार गर्दै लगिने समेत प्रजिअ पौडेलको दावी छ ।

तपाईको प्रतिक्रिया