जाजरकोट, भदौ १ गते ।
जाजरकोटको नलगाडमा चट्याङबाट पशुचौपायामा क्षति पुगेको एक परिवारलाई राहत वितरण गरिएको छ । वडा नम्बर ४ का वडाध्यक्ष बद्री पन्तले स्थानिय शेरबहादुर रावललाई राहत सामग्री वितरण गर्नुभएको हो । ३० केजी चामल र एक थान त्रिपाल सहयोग गरिएको वडाध्यक्ष पन्तले बताए । बाँकी राहतका लागि आवश्यक पहल भैरहेको उहाँले जानकारी दिनुभयो ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका ४ गाम्राखोरे स्थित ग्वामीदेवी पन्तको घर नजिक गोठमा चट्याङबाट पर्दा स्थानीय शेरबहादुर रावलका दुई वटा गोरु र एक वटा राँगो मरेका थिए । गएराती १२ बजे परेको चट्याङले रावलका गोठमा बाँधेका गोरु र राँगो मरेका वडा अध्यक्ष बद्री पन्तले बताउनु भयो । चट्याङबाट मानवीय क्षेती नभएको अध्यक्ष पन्तले भन्नु भयो ।
रावल परिवार घरमा सुतेको र गोठमै चट्याङबाट पर्दा एक हल गोरु र राँगो मरेका जानकारी वडा अध्यक्ष पन्तले बताउनु भयो । वडा अध्यक्ष पन्तले मान्छे बाच्चु भयो, गोरु र राँगो मरेको बताउदै रावल परिवारलाई राहतको लागि वडाबाट आवश्यक राहतको पहल गरिने बताउनु भयो । रावल परिवारलाई वडा कार्यालयले ३० किलो चामल र एक थान त्रिपाल राहत उपलब्ध गराएको छ । जनताको दुखमा साथ दिन वडा कार्यालय छ, भन्दै वडा अध्यक्ष पन्तले गोरु समेत किनीदिने बताउनु भयो ।

जनसन्देश खबर । १ भाद्र २०८०, शुक्रबार ०५:१२