
जनसन्देश सम्बाददाता
जाजरकोट, माघ २९ गते । जाजरकोटको नलगाड नगरपालिका ८ को एक सिंगो गाउँनै नेपाली काँग्रेस र नेकपा एमाले त्यागेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेस गरेका छन । आगामि फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता भेटघाटको क्रममा पुग्नु भएका नेकपाका उम्मेदवार शक्ति वहादुर बस्नेत गाउँमा पुगेको वेला उनिहरुले प्रवेश गरेका हुन ।


नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका जिल्ला संयोजक टेक वहादुर रावलले चुनावी अभियानको क्रममा हाम्रो पार्टी प्रतिको जनउभार र पार्टीले जिल्लामा गरेको विकासको अभिानमा गरेको नेत्रित्वलाई प्रशंसा गर्दै पाटीमा प्रवेश गरेको बताउनु भयो । साथै पार्टीका उम्मेदवार प्रति जिल्लामा वढ्दै गएको जनउभार वाट प्रभावित भएर आफ्नो पार्टीमा प्रवेशको लहरनै चलेको नेता रावलको भनाई छ ।
त्यस्तै जिल्लामा मुख्य प्रतिस्पर्धि रहेका तिनै दलका उम्मेदवारहरु मत माग्नको लागि जिल्लाका दुरदराजमा जनता सँगको भेटघाटमा व्यस्त रहेका छन।

जनसन्देश खबर । २९ माघ २०८२, बिहीबार ०८:२२