शक्ति बस्नेतको चुनावी एजेण्डा , जाजरकोटका भुकम्प पीडितको आवास पुनर्निमाणलाई प्राथमिकता

जनसन्देश सम्बाददाता
जाजरकोट,फागुन १४ गते । नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्ति बस्नेतले २०८० सालको भुकम्प पीडित आवास पुनर्निमार्णलाई प्राथमिकतामा राखेर आफ्नो चुनावी एजेन्डा तय गर्नु भएको छ । । उहाँले पीडितलाई स्थायी आवास निर्माण गर्न प्रति भूकम्प पीडित कम्तिमा ५ लाख रुपैयाँ कायम गर्ने, पहिलो किस्तामा कम्तिमा १ लाख ५० हजार उपलव्ध गराउने र झन्झटिलो विस्तृत क्षती मूल्यांकन प्रक्रिया हटाई सरलीकरण गर्ने प्रतिबद्धतामा राख्नु भएको छ । उहाँले विपद् प्रभावित नीजि आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि संशोधन गरी पुर्ननिर्माण तथा नव निर्माण छिटो सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धतापत्रमा उल्यख गर्नु भएको छ।

बस्नेतले गरिव घरधुरी प्रतिशत वढी भएको जुनीचादे गाउंपालिका सहित सिंगो जाजरकोट जाजरकोट जिल्लामा गरिवी निवारणका लागि स्थानीय तह, प्रदेश सरकार, नेपाल सरकार, मित्रराष्ट्र, विकास साझेदारहरुको सहकार्यमा विशेष वहुपक्षीय प्याकेज सहितको एकीकृत विकास कार्यक्रम कार्यान्वयन गर्न पहल गर्ने बस्नेतकोघोषणामा उल्यख छ ।
त्यस्तै बस्नेतले पुर्वाधार विकासको क्षेत्रमा धेरै योजनाहरु अघि सार्नु भएको छ । लुम्विनी–रारा राजमार्गको जाजरकोट खण्डको वांकी ट्रयाक खोल्ने र कालोपत्रे सम्पन्न गर्ने, स्थानीय तह केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने तथा सवै वडा केन्द्र जोड्ने सडक स्तरोन्नती गर्ने, जाजरकोट – खलंगा – मछाईना – ढुंगीला सडक स्तरोन्नती गर्ने र मोर्क –सानाखोला चादे सडक ट्रयाक खोल्ने उहाँको योजना रहेको छ । त्यस्तै, छेडा – कचाली सडक स्तरोन्नती गर्ने, धरमपोखरा – कचाली देशिपाटा – पञ्चाला जुनी सडक स्तरोन्नती गर्ने र पांचकाटिया – नेटिलेक वारेकोट जुम्ला सडक स्तरोन्नती गर्ने लगायतका विभिन्न प्रतिबद्धता उहाँले उल्यख गर्नु भएको छ।

५ वर्ष भित्र जिल्लाका सवै खेतीयोग्य जमीनमा सिंचाई सुविधा सुविधा उपलव्ध गराउने, सिंचाई प्रोफाईलका आधारमा सम्भाव्य सवै निर्माणाधीन सिंचाई आयोजना सम्पन्न गर्ने, वैकल्पिक सिंचाई प्रणालीका रुपमा लिफ्ट र थोपा सिंचाई प्रणाली समेत अवलम्वन गर्ने बताइएको छ । सेवा विस्तार गर्ने लगायतको प्रतिबद्धता गरिएको छ ।

त्यसैगरी, ४१७ मेघावाट क्षमताको नलगाड जलविद्युत आयोजना, ९८ मेघावाट डांडागाउं भेरी जलविद्युत आयोजना र विराखोला – सुवागाड जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने उहाँको प्रतिबद्धता छ । कार्य प्रारम्भ हुन थालेको १२० मेघावाट जगदुल्ला ए जलविद्युत आयोजना र ७ मेघावाट ताक्सुगाड को निर्माण कार्य जलविद्युत आयोजनाको निर्माण सिघ्र सम्पन्न गर्ने, १ वर्ष भित्र दानीपिपल मैनतडा ४०० के।भी। क्षमताको प्रशारण लाईनको निर्माण सम्पन्न गर्ने घोषणा गर्ने भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार नेपाली कम्युनिष्ट पार्टीका पुर्व मन्त्री शक्तिवहादुर वस्नेत र समानुपातिक तर्फका उम्मेद्वार कृष्ण वहादुर वुढा र पार्वती वि।क ले संयुक्त प्रारम्भिक प्रतिवद्धता पत्र तयार पारेका हुन । संयुक्त रुपमा तयार पारिएको उक्त प्रतिवद्धतापत्रमा नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट जाजरकोट जिल्लावाट प्रतिनिधि सभामा विजय हासील गरीसकेपछी गरिने कामको मोडल तयार गरिएको छ ।


“जाजरकोटी अभिमत र शहीदका आकांक्षाको सम्मान ः समृद्धिका लागि सामाजिक न्याय र सुशासन” जाजरकोट वदल्ने सपनाहरु भन्ने मुल नारामा तयार पारिएको प्रतिवद्धता पत्रमा समग्र जाजरकोट विकासमा मार्गदर्शन गर्ने मार्ग चित्र प्रस्तुत गरेका छन ।

सोही प्रतिवद्धता पत्रमा सुशासन तथा जवाफदेही शासन संचालनमा सहयोग पुग्ने जिम्मेवार मिडीयाको विकास गरिने देखी सवै स्थानीय तहमा अप्टीकल फाइवर,आईटी पार्क निर्माण गरिने पनी उल्लेख गरिएका छन ।

यस्तै संघीयता सवली करण,जन सम्वन्ध,गरिवी निवारण,भौतिक पुर्वाधार निर्माण तथा स्तरोन्नती,सडक पुर्वाधार,सिँचाई खानेपानी,कृषी,जडिवुटी प्रशोधन केन्द्र जस्ता सवालहरु सँगै विकास निर्माणका विविध पक्षहरु समेटिएको प्रतिवद्धता पत्रले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार शक्तिवहादुर वस्नेतको पक्षमा जन विश्वास झन वढ्दै जाने अपेच्छा गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी प्रतिनिधि सभा सदस्य जाजरकोटका उम्मेद्वार पुर्व मन्त्री वस्नेतले सार्वजनिक गरेको जाजरकोट वदल्ने प्रारम्भिक प्रतिवद्धता पत्रको पुनः पाठ यस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया