प्रजिअ सुनार द्धारा चौकी निरीक्षण

 

जाजरकोट, भदौ २ गते । जाजरकोटका प्रजिअ सुरेश सुनार लगायत सुरक्षा निकाय प्रमुख हरुले प्रहरी चौकी को निरिषण गर्नु भएको छ । भेरी नगरपालिका १ रावतगाउँ स्थीत अस्थायी प्रहरी पोष्ट होलुको निरीक्षणमा प्रजिअ सुनार सहित नेपाल प्रहरीको निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक नविन चुदाली, शसस्त्र प्रहरी वल आश्रीत गुल्म जाजरकोटका डिएसपी. विकास थापा, राष्टिय अनुशन्धानका प्रमुख गणेश प्रशाद आचार्य सहभागि रहनु भएको थियो ।
निरीषणको क्रममा चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक बीर वहादुर थापाले चौकीले गरेका कार्य सम्पादनका साथै व्यहोर्नु परेका समस्यााहरुका वारे जानकार िगराउनु भएको थियो । जसमा प्रहरी चौकी भाडामा साँघुरो कोठामा वस्नु परेको , चिसो ओसेपले गर्दा तल्लो तलामा वस्न निकै जोखीम रहेको तथा हातहतीयार समेत ओसेपले जाम हुने समस्या रहेको प्रजिअ समक्ष राख्नु भएको थियो । ९ जनाको दरवन्दि रहेको चौकीले आफ्नो मातहत इलाकामा गस्ती तथा अन्य आइपर्ने समस्यामा नियमित र चुस्त रुपमा सेवा प्रवाह गरि नागरिकको शान्ति सुरक्षामा भुमिका खेलीरहेको थापाले जानकारी गराउनु भएको थियो ।
त्यस्तै आर्थिक अभावको कारण निर्माणाधिन चौकी भवनको ढलान लगायतको काम रोकिन गएकाले सोको लागि आवस्यक व्यवस्था मिलाइदिन समेत थापाले अनुरोध गर्नु भएको थियो ।
निरीक्षण पश्चात प्रजिअ सुनाले प्रहरी जनताको साथी भएकाले सोही अनुसारको व्यवहार गरि नागरिकको मन जितेर काम गर्न निर्देशन दिनु भएको छ । नागरिकको शान्ति सुरक्षा नै प्रहरीको पहिलो जिम्मेवारी भएकाले त्यसको प्रभावकारी कार्यान्वयन गर्न समेत निर्देशन गर्नु भयो । साथै चौकी भवन तथा अन्य व्यवस्थापकिय समस्याका वारे स्थानीय सरकार सँग समन्वय गरेर पहल गर्ने समेत प्रजिअ सुनारले राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया