
२ भदौ, धनगढी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले क्रिकेट बाहेक अरु खेलबाट छिट्टै विश्वकप खेल्ने सम्भावना नभएको दाबी गरेका छन् । उनले त्यही कारण क्रिकेटमा नै लगानी बढाउनुपर्ने बताए ।
शनिबार धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको साधारण सभामा बोल्दै चन्दले नेपालमा क्रिकेट बाहेक धेरै खेल लोकप्रिय रहे पनि तत्कालै विश्वकपमा सहभागी भइहाल्ने अवस्था नदेखिएको बताए ।
उनले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेको भन्दै अब उत्कृष्टताका लागि राज्यले विशेष पहल थाल्नुपर्ने धारणा राखे । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले पनि विश्वास गरेर पटक पटक अवसर दिएको भन्दै उनले त्यसको उपयोग गर्न सक्नुपर्ने धारणा राखे ।
सन् २०२४ मा अमेरिका र वेस्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुने टि(ट्वान्टी विश्वकप एसिया क्वालिफायरको खेल नेपालमा पनि आयोजना हुनु, सन् २०२७ मा यु(१७ महिला विश्वकपको सह आयोजक नेपाललाई बनाइनुले नेपाल प्रति आईसीसी सकारात्मक भएको बुझ्न सकिने उनको भनाइ छ । ‘९आईसीसीले० नेपाली क्रिकेटको क्रेजलाई नजिकबाट नियालिरहेको छ त्यसैले यो स्वर्णिम अवसरलाई समयमै हामीले सदुपयोग गर्नुपर्नेछ’, चन्दले भने ।
नेपालमा राम्रो क्रिकेट रंगशाला भएको भए धेरै अन्तर्राष्ट्रिय खेल खेलाउन सकिने पनि उनले बताए । खेल पर्यटनबाट अर्बौं कमाउन सक्ने सम्भावना रहेको देशमा खेलकुदमा कुल बजेटको ५ प्रतिशत आसपास मात्र छुट्याउनु अपुग हुने चन्दले बताए । आफू पुनस् क्यानको नेतृत्वमा आए प्रधानमन्त्री, खेलकुद मन्त्री, प्रमुख राजनीतिक दलका नेतालाई कन्भिन्स गरेर पूर्वाधार बनाइछाड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

जनसन्देश खबर । ३ भाद्र २०८०, आईतवार ०९:४६