
जनसन्देश सम्बाददाता, भदौ ९ गते ।
जाजरकोट , माओबादी केन्द्र जाजरकोटले आफ्नो तिन महिने अभियानको तयारी र कार्यक्रम वारे पत्रकार भेटघाट गरि सार्वजनिक गरेको छ । पार्टीकाार्यलय भेरी नगरपालिका ४ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला पार्टी इन्चार्ज वसन्त प्रशाद शर्माले अभियानको तयारी र कार्ययोजना वारे जानकारी गराउनु भएको हो ।
हालै सम्पन्न नेकपा (माओवादी केन्द्र ) को केन्द्रिय समितिको बैठकले लिएको नीति तथा कार्यक्रम अनुसार तीन महिनाको समयमा ३७ हजार घरधुरीमा पुगेर सुझाव संकलन गर्ने नेकपा .माओवादी केन्द्रंं) जाजरकोटले लक्ष्य लिएको जानकारी गराइएको छ।
साथै पार्टी केन्द्रले देशव्यापी रुपमा संचालन गरेको “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” अन्तरगत नेकपा (माओवादी केन्द्र) जाजरकोटले पार्टी सदस्यता संख्यालाई बृद्धि गरेर १३ हजार पुर्याउनुको साथै नविकरण गर्ने लक्ष्य लिएको जाजरकोट जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य बशन्त कुमार शर्माले जानकारी दिनु भएको छ। ७५३ वटा स्थानीय तहका ६ हजार ७४३ वटा वडाहरुमा “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” संचालन गरेको पार्टीले दलित, महिला, किसान, विद्यार्थी लगाएतका भातृ संगठनहरुलाई कुल संख्याको २५ प्रतिशत संख्यालाई संगठित गर्न निर्देशन गरेको अभियान जिल्ला ईन्चार्ज शर्माले जानकारी दिनु भएको छ ।
अहिलेको विज्ञान प्रविधिको विकासलाई जान्न, वुझ्न र प्रयोग तथा उपभोग गर्नसक्ने संगठनको संरचनालाई निर्माण गर्नुपर्ने निस्कर्ष सहित यतिवेला पार्टीले “घर–घरमा माओवादी , जन–जनमा माओवादी ” भन्ने मुल नारा सहित “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” संचालन गर्न लागेको ईन्चार्ज शर्माले जानकारी दिनु भयो।
यही भदौं १६ गतेदेखि संचालन गरी आगामी मंसिर १५ गते पार्टीले “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” समापन गरेर मंमहिनामै विधान सभा सम्पन्न गर्ने र विधान सभा ससिर म्पन्न पश्चात विचार, संगठन र कार्यशैलीको तहलाई माथि उठाउन पार्टीले विशेष महाधिबेशनको आयोजना गर्न लागेको ईन्चार्ज शर्माले जानकारी दिनु भयो।
जाजरकोट जिल्लाका ७ स्थानीय तहका ७७ वटा वडाहरुमा “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” लाई जनमैत्री बनाउन स्थानीय तहको नेतृत्व केन्द्रिय सदस्य र वडाको नेतृत्व प्रदेश कमिटी सदस्यले गरेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोटका संयोजक टेक बहादुर रावलले जानकारी दिनु भयो । संयोजक रावलले दिएको जानकारी अनुसार भेरी नगरपालिकाको नेतृत्व केन्द्रिय सदस्य तथा रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोरख खत्री, छेडागाड नगरपालिकामा केन्द्रिय सदस्य तथा रुकुम पश्चिमको सानोभेरी गाउँपालिकाका पूर्व अध्यक्ष नर बहादुर पुन र नलगाड नगरपालिकाको नेतृत्व केन्द्रिय सदस्य सल्यानका तिलक मल्लले गरेका छन् । यसै गरि बारेकोट गाउँपालिकाको नेतृत्व केन्द्रिय सदस्य डोल्पाकी काली चलाउने, कुशे गाउँपालिकाको नेतृत्व केन्द्रिय सदस्य पार्वती थापा, जुनीचाँदे गाउँपालिकाको नेतृत्व केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका उपाध्यक्ष ढकवीर राना र शिवालय गाउँपालिकाको नेतृत्व केन्द्रिय सदस्य यज्ञ बहादुर खत्रीले गरेका छन् ।
यही भदौ १६ गते जाजरकोट जिल्लाका ७७ वटै वडाहरुमा एकसाथ उद्घाटन गरिने “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” ले जिल्लाका ३७ हजार ४६६ घरधुरीमा घरदैलो कार्यक्रम संचालन गर्ने, पार्टीको विषयमा राय, सुझावहरु संकलन गर्ने, पार्टी तथा जनवर्गिय संगठनहरुका भेला, बैठक र प्रशिक्षणहरु सम्पन्न गर्ने, नयाँ सदस्यता वितरण गर्ने, पुराना सदस्यता नविकरण गर्ने, जिल्लाका ७७ वटै वडामा जनयुद्ध कालमा होल टाईम्बर भएका कार्यकर्ता, शहिद परिवार, वेपत्ता र घाईतेहरुको तथ्याङ्क संकलन गर्ने, ७७ वटै वडाको शैक्षिक अबस्था, रोजगार र वेरोजगार संख्या, आम्दानीका मुख्य स्रोत, कृषि उत्पादन तथा उद्यमशिलताको सम्भाव्यताको तथ्याङ्क संकलन, वडामा भएको विकास निर्माणका कामको मुल्याङ्कण, सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण लगाएतका कामहरु गर्ने, जिल्लाका सबै वडाहरुका तत्कालिन आबश्यक विकास योजना छनौट लगाएतका कामहरु गर्ने बताईएको छ ।
भदौ १६ गते भन्दा पहिला जिल्लाका सबै गाउँ तथा नगर कमिटी, वडा कमिटीहरुको बैठक बस्ने, अभियानको लागि आबश्यक पर्ने व्यानर, सदस्यता कार्ड, नविकरण कार्ड, राय, सुझाव, विभिन्न तथ्याङ्कहरु संकलण गर्ने फर्मेटहरुको तयारी गर्ने कामलाई पुरा गर्ने नेकपा (माओवादी केन्द्र), जाजरकोटले जनाएको छ ।

जनसन्देश खबर । १० भाद्र २०८०, आईतवार ०६:५२