माओवादीको तीन महिने अभियान ले ल्यायो जनतामा उभार

जनसन्देश सम्बाददाता
जाजरकोट , असोज २६ गते । । गत भाद्र १६ गते देखि नेकपा माओवादी केन्द्रले देशैभर तीन महिने विशेष रुपान्तरण अभियान ले जनतामा उभार ल्याएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका ६ हजार ६ सय ८० वडामा भुर्चअल माध्यम बाट अभियानको उद्दघाटन गर्नु भएको थियो भने जाजरकोटमा पनि अभियानको विधिवत् रुपमा उद्दघाटन नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उर्जामन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका –०१ पीपे बाट शुभआरम्भ गगर्नु भएको थियो ।

माओवादी केन्द्रका नेता कार्यकर्ताहरु यतिवेला जनता सँग माओवादी विशेष रुपान्तरण नारा सहित गाउँगाउँमा छन् । अभियान सुरु भएको एक महिना पुगेको अवसर पारी माओवादी केन्द्र जाजरकोटले प्रारिम्भक समीक्षा बैठक सम्पन्न गरेको छ । पार्टीका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवको उपस्थितिमा असोज २४ गते समीक्षात्मक वैठक सम्पन्न भएको हो ।

बैठकमा अहिले सम्म भएका गतिविधी, माओवादीका लागि नयाँ चुनौती, कार्यकर्ता, जनताका समस्या अवका सम्भावना र अवसरका विषयमा सातवटै स्थानीय तहका इन्चार्जहरुले रिर्पोटिङ्ग प्रस्तुत गरेका थिए । सोही कुराको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको माओवादी केन्द्र जाजरकोटका इन्चार्ज बसन्त कुमार शर्माले जानकारी दिनु भयो । पत्रकारहरु सँगको कुराकानीमा बोल्दै इन्चार्ज शर्माले जाजरकोटमा सुस्ताएको माओवादीलाई फराकिलो बनाउन अभियानले ठूलो भुमिका निर्वाह गरेको जानकारी दिनु भयो ।

 

अभियानको दौरानमा गाउँगाउँमा श्रमदान, सरसफाई, छलफल, विकास निर्माणमा भएका गतिविधीहरुलाई प्राथमिकताका साथ पार्टीले हेरेको इन्चार्ज शर्माको भनाई छ । माओवादी परिवर्तनकारी शक्ति भएको, जनताको मनमनमा माओवादी छ भन्ने कुरालाई जनतामा स्थापित गर्न अभियानले ठूलो सहयोग गरेको समेत शर्माले बताउनु भयो ।

जाजरकोटमा २०६४ यता माओवादीले राजनिति तथा विकास निर्माणको अगुवाई गरेता पनि जनता सँग को समीप्यतामा केहि कमी महसुस भएको शर्माको भनाई थियो । अभियानका दौरानमा अव एकल निर्वाचन जान मतदाताले आग्रह गरेको शर्माले दावीगर्नु भयो ।
अभियानको दौरानमा नेपाली काँग्रेस, एमाले, समाजवादी र स्वतन्त्रवाट गरी २५१ जनाले माओवादीमा प्रवेश गरेको प्रेस नोटमा जारी गरिएको छ ।

 

एक महिनामा भएका गतिविधीहरुलाई प्रेसनोट मार्फत सार्वजनिक गरिएको छ ।

१. जिल्लाका ७७ वटै वडाहरुमा भेला वैठकहरु, विध्यालय, स्वास्थ्य चौकी, अस्पत्तालहरु, वाटोघाटो र वजार सरसफाई एवं मर्मत, जनसेवाका कामहरु र शहिद परिवारहरुलाई अभिनन्दन लगायत जनसभाहरु गरी उत्साहपूर्ण रुपमा अभियानको उद्घाटन गरीयो ।

२. यस अवधिमा पार्टीका ७७ वटा वडा कमिटीहरु र अन्तरगतका टोल तथा सेल कमिटीहरुका वैठहरु सम्पन्न भएका छन् । पार्टी सदस्यता नविकरण ७८४ र नयाँ पार्टी सदस्य १०९ जना थपिएका छन् ।

३. हाल सम्म ४४२५ घरधुरीमा पुगेको र २१४९९ जनासँग भेटघाट अन्तरक्रिया एवं सुझाव संकलन गरिएको छ । यस क्रममा ने।का।, एमाले, समाजवादी र स्वतन्त्रवाट गरी २५१ जनाले हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ ।

४.यस अवधिमा विध्यालय, अस्पताल, धारा–पंधेरा र वाटोघाटो र सरसफाई, वजार सरसफाई, वाटोघाटो मर्मतका २२ वटा कामहरु लगायत सयौं जनताको घरघरमा सरसहयोगका कामहरु सम्पन्न भएका छन् ।

५. यस अभियानले पार्टी कमिटीहरु क्रियाशिल, नेता कार्यकर्ताहरु गतिशिल, जनता कार्यकर्ताहरुको विचको सम्वन्धमा विश्वासको वढावा र जनता कार्यकर्ताहरुमा सकारात्मक सोंचको विकास गर्दै आम पङ्क्तिमा उत्साह जगाएको र अभियानलाई निरन्तरता दिनुपर्ने माग सर्वत्र उठेको छ ।

६. अभियान अवधिमा जिल्लाका ७ वटै स्थानिय तहहरुमा जनजिविका, सुशासन र विकास निर्माण लगायतका मागहरु समावेश गरी ज्ञापनपत्र वुझाउने काम भएको छ ।

७. यस अवधिमा माओवादीले जितेका २५ वटा वडाहरुमा मतदाताहरुसँग जनप्रतिनिधहरुको सार्वजनिक सुनुवाईको कार्यक्रमहरु गरियो भने नजितेका ५२ वटा वडाहरुमा स्थानिय सरकारद्वारा भएका अनियमितताहरुको भण्डाफोर सभा र वडाहरुमा ज्ञापन पत्र वुझाउने कार्यक्रमहरु सम्पन्न भएका छन् ।

८. अभियानको क्रममा जनतावाट पार्टी नेता कार्यकर्ताहरु वेला वेला गाउँमा जनताहरुसँग यसरी नै आईरहनुपर्ने । कतिपय राजनैतिक दलका कार्यकर्ताहरु द्वारा योजनाहरुवाट कमिसन उठाईएको कुराको उचित छानविन र कार्वाही हुनु पर्ने, गाउँ गाउँमा रोजगारीको अवसर सृजना हुने कार्यक्रम ल्याउनु पर्ने । शहिद परिवार घाइते अपाङ्गहरु र पूर्व जमुसे तथा पुर्णकालीन कार्यकर्ताहरुको उचित व्यवस्थापन हुनु पर्ने निर्वाचित जनप्रतिनिधिहरुले जनतासँग नियमित सम्पर्क र भेटघाट गरीरहनु पर्ने। मन्त्री पनि सवैपालिकाहरुमा समय समयमा मतदाताहरुसँग भेटघाटमा आउनुपर्ने । गठवन्धन नगरी एकल चुनावी प्रतिश्प्रधामा जानुपर्ने र विकास वजेट एवं नेतृत्व विकासमा जिल्लाका सवै पालीकाहरुमा सन्तुलित रुपमा गर्नु पर्ने जस्ता महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् ।

तपाईको प्रतिक्रिया