जनसन्देश सम्बाददाता
जाजरकोट, माघ २७ गते । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा कारितास नेपालले २ सय अस्थायि आवास निर्माण गरेको छ । भेरी नगरपालिका, नलगाड नगरपालिकार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट सँगको सहकार्यमा उक्त अस्थायि आवासहरु निर्माण सम्पन्ना भएका हुन ।
भुकम्प अति प्रभावित पिडित नागरिकहरुका लागि कारितास नेपाल, कारितास अष्ट्रेलिया, कारितास अष्ट्रिया,मीजेरीयस नेपाल कारितास जर्मनी,र सीआरएस नेपाल सँगको आर्थिक सहयोगमा संचालित भुकम्प प्रभावितहरुका लागि तत्काल राहत तथा पुर्नलाभ कार्यक्रम अन्तरगत उक्त २ सय अस्थायि आवासहरु निर्माण गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति तथा स्थानीय सरकार सँगको समन्वय तथा अनुमतिमा संस्थाले उक्त आवासहरु सरकारी मापदण्ड भित्र रहि निर्माण गरेको हो । कारितास नेपालका प्रादेशिक प्रमुख जनक शर्माले आफुहरुले लाभग्राहीहरुको स्थानिय श्रोत शाधनको प्रयोग गरि २ वटा सुत्ने कोठा, १ भान्सा कोठा र १ वटा वरण्डा सहितको आवास निर्माण गरेको जानकारी दिनु भयो । छाना छाउने जस्ता पाता र कीला काँठा वाहेक सवै स्थानीय सामाग्रीहरुको प्रयोग गरिएको शर्माले जानकारी दिनु भयो ।
यार्सन जाजरकोटका अध्यक्ष अमर सिंह राठौरले भुकम्प वाट अति प्रभावित भेरी नगरपालिकाको वडा नं १ मैदे गाउँमा ४९ वटा, कोल्चौर गाउँमा २२ वटा, नलगाड नगरपालिकाको वडा नं १ कल्पत गाउँमा ४३ वटा र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ६६ वटा गरि कुल २ सय वटा अस्थायि आवास निर्माण गरिएको जानकारी दिनु भयो ।
भेरी नगरपालिका १ मैदे गाउँकी ७२ वर्षीय बली रानाले अस्थायि आवास पाए सँगै आफुहरु सुरक्षीत घरमा वस्न पाएको बताउनु भयो । त्रिपालमा असुरक्षीत साथ बसीरहेका आफुहरुलाई संस्थाले आवास वनाए पछि महिला हरुले निकै सुरक्षीत महसुस गरेको बताउनु भयो ।
नलगाड नगरपालिका का १ का वडा अध्यक्ष दीपक रानाले कारितास नेपाल र यार्सन वाट निर्माण भएका अस्थायि आवासहरु निकै नमुनायोग्य रहेको बताउनु भयो । स्थानीय स्रोतशाधनको समेत प्रयोग भएको र स्थानीयले रोजगारसमेत पाएको वडाअध्यक्ष रानाको भनाई छ ।
आफ्नो घर पनि निर्माण भएको र श्रम गरेवापत रकम पनि पाउँदा आफुहरु निकै खुसी भएको भेरी १ कोल्चौरका हस्तबीर नेपालीले खुसी व्यक्त गर्नु भयो । छाना जस्ताले छाएको र वरी परी स्थानीय काठ , फलेकले बारेर लीपपोत गरेकार्ले आफुहरुलाई गर्मी र चिसो वाट निकै सुरक्षा दिएको नेपालीको भनाई छ ।

जनसन्देश खबर । २७ माघ २०८०, शनिबार ०९:३०