जाजरकोट, साउन २८ गते । जाजरकोटमा भेरी नदिमा खसेर एक जना बेपत्ता भएका छन । लामो समय कालापहाड ( इन्डीया ) वसेर घर फर्कदै गरेका भेरी नगरपालिका ७ पुन्माका नरु चन्द विच वाटामै शनिबार बेलुका भेरीमा खसेर बेपत्ता हुनु भएको हो । सुर्खेत र जाजरकोटको सीमाना छेडावजार नजिक छेडा खेलाको पुल नजिकै बस वाट ओलेर पीशाव फेर्न गएका चन्द पुल वाट छेडा खोलामा खसी भेरी नदिमा वेपत्ता भएको आफन्तले जनाएका छन ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष कुमार रोकाले मानिस खसेको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगी खोजतलास गरीरहेको र हाल सम्म फेला पार्न नसकिएको जानकारी दिनु भयो ।
भेरीमा खसेर एक जना बेपत्ता
तपाईको प्रतिक्रिया

जनसन्देश खबर । २८ श्रावण २०८०, आईतवार ००:१२