
जनसन्देश सम्बाददाता
जाजरकोट, वैशाख ७ गते । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सार्वजनिक बिदाका दिनमा पनि नागरिकलाई सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले एक सुचना मार्फत सरकारले सार्वजनिक बिदा दिएका १८ दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ ।
२०८१ सालमा पर्ने सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह हुने कार्यालयले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यका अनुसार सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह हुनेछ ।
२०८० माघ २९ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनिक सेवा प्रवाहमा विशेष व्यवस्था भए अनुसार नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानीका सेवाहरू सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनु भयो । सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह हुने भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ ।

जनसन्देश खबर । ७ बैशाख २०८१, शुक्रबार ११:४४