
सहदेव बस्नेत
जाजरकोट,जेठ ३ गते ।
भेरी नगरपालिका–१ रिम्नामा २ हप्ता सम्म रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।
यही जेठ ७ गतेदेखि २० गतेसम्म संचालन गरिने रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१ को तयारी अन्तिम चरणमा पुगेको सह–आयोजक समिति तथा त्रिवेणी युवा क्लव भेरी नगरपालिका–१ जाजरकोट अध्यक्ष निरज रानाले जानकारी दिए । महोत्सवको प्रचार–प्रसार, महोत्सवका अतिथि कलाकारलाई निमन्त्रणा, फिल्ड व्यवस्थापन तथा घेराबार, स्टल, टेन्ट, मञ्च निर्माण, साउण्ड सिस्टमको व्यवस्थापन लगाएतका कामहरु अन्तिम चरणमा पुगेको अध्यक्ष रानाले बताएका छन् ।
“जाजरकोट समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र हाम्रो उद्योग व्यापार ” भन्ने मुल नारा सहित आयोजित महोत्सव १३ दिनसम्म संचालन गरिने कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष डिल्ली परियारले जानकारी दिए । जिल्ला सदरमुकाम खलंगामा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष परियारले जिल्लाको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्नुको साथै स्थानीय कला, संस्कृतिको संरक्षण गर्न महोत्सवको टेवा पुग्ने विश्वास व्यत्तल गर्नु भयो ।
जाजरकोट र रुकुमपश्चिमका गत कातिक १७ गते मध्ये राति गएको भुकम्पको पीडा र शोकलाइ विर्साउन महोत्सवले मनोरञ्जन दिएर आनन्दीत तुल्याउने अध्यक्ष परियारले विश्वास व्यक्त गरेका थिए ।


जनसन्देश खबर । ३ जेष्ठ २०८१, बिहीबार १२:४४