
जाजरकोट, साउन ३१ मङगलबार,
भीरबाट लडेर गंभिर घाइते भएका जाजरकोट पैकका एक युवकको हेलिकप्टरबाट उद्वार गरिएको छ । कुशे गाउँपालिका ९ पैकका २२ बर्षिय महेन्द्र सिंहलाई उद्धार गरिएको हो । घाँस काट्न गएका सिहं सोमवार बेलुका भीरबाट लडेका थिए ।
घाँस काट्न गएका उनी घर नफर्किएपछि परिवारले खोसतलास गर्दा मंगलबार विहान घाइते अवस्थामा भेटिएको वडाध्यक्ष शिव गिरीले बताए । घाइते सिंहको गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत उद्दार गरी नेपालगञ्जमा उपचार भईरहेको छ । दुबै खुट्टा भाचिएको, टाउकोमा गहिरो चोट लागेको र शरीर अङ्गभङ भएकोले थप उपचारका लागि नेपालगञ्ज पठाइएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
बस्नेतले जानकारी दिए।

जनसन्देश खबर । ३१ श्रावण २०८०, बुधबार १०:२६