‘जाजरकोट अस्पतालमा पहिलो पटक थाइराइडको उपचार शुरु

जाजरकोट समाचारदाता ।
जाजरकोट, साउन ३१ गते । जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु गरिएको छ । जाजरकोट जिल्ला अस्पताल खलंगामा मंगलबार देखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गरिएको हो ।
जिल्ला अस्पताल जाजरकोटकी प्रमुख डा. प्रतिक्षा भारतीले अस्पतालले सेवा सुरु गरेसँगै थाइराइडको उपचारका लागि लागि विरामीहरु बाहिर जानु नपर्नेे जानकारी दिनु भयो । अत्याधुनिक सेवा विस्तारको क्रम सँगै उपचारको अभावका समस्या झेल्दै आएका विरामीलाई लक्षित गरी केही अघि थन्किएको थाइराइड रर बायोमेट्रिक मेसिन जडान गरिएको डा. भारतीले जानकारी दिनु भयो ।
अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय भएपछि मात्रै स्वास्थ्य संस्था प्रति आम नागरिकको विश्वास बढ्ने भएकोले जिल्लामै आँखाको प्रभावकारी उपचार सेवा सञ्चालन गर्ने योजना रहेको डा. भारतीको भनाई छ ।
जिल्लामा लामो समयदेखि थाइराइडको परीक्षण गराईरहेको विरामी निकै खुशी भएका भएका छन् । अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंहले ५० शैयाँको जिल्ला अस्पताल मा अस्पताल भवन नयाँ बनेपछि सेवा प्रवाह विस्तारको तयारी गरिएकोे बताउनु भयो । थाइराइडको सेवा हरेक मंगलबार र विहीबार सुचारु हुने अध्यक्ष सिंहको भनाई छ ।

तपाईको प्रतिक्रिया