अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) जाजरकोटको संयोजकमा राममाया हमाल

जनसन्देश सम्बाददाता
जाजरकोट, वैशाख २१ गते । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोटको संयोजकमा राममाया हमाल चयन हुनु भएको छ । अनेम संघ ९क्रान्तिकारी० को केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज टीका बुढाथोकीको प्रमुख आथित्यतामा सदरमुकाम खलंगामा सम्पन्न प्रथम भेलाले हमाललाई संयोजकको जिम्मेवारी दिएको हो ।
यस्तै भेलाले संगठनको सह संयोजकमा गीता शाही र सचिवमा बिमला बस्नेतलाई जिम्मेवारी दिएको नेकपा माओबादी केन्द्र जाजरकोटका संयोजक टेक बहादुर रावलले जानकारी दिनु भएको छ । भेलाले ३३ सदस्सीय जिल्ला कमिटी निर्माण गरेको समेत संयोजक रावलले बताउनु भयो ।
संगठनको सदस्यहरुमा जुनीचाँदे गाउँपालिका वाट सीता बस्नेत,लाली रावत,भवीसरा शाही,नमस्ते शाह, नलगाड नगरपालिका वाट तारा पुन ,सरीता शाही,रुपा कुमारी ध्यार,दैबीसरा विक,भेरी नगरपालिका वाट कालीका खत्री,अमृता शर्मा, मोती नेपाली, कमला केसी,अम्बीका देवकोटा, सरसति पुन,लक्ष्मी शाही रहनु भएको छ ।
यसैगरी शीवालय गाउँपालिका वाट लक्ष्मी केसी,सीता कुमारी पुन,कमला पुन, छेडागाड नगरपालिका वाट देउसरा जैशी,डिलसरा अधिकारी,सीता खत्री,तारा खत्री,अमृता शाही, चयन हुनु भएको छ । बारेकोट गाउँपालिका वाट उर्मिला सिंह, बीमला सिंह शाही ममीता घर्ति,महिमा बोहोरा, कुशे गाउँपालिका वाट रुपा नेपाली,कल्पना खत्री,शर्मिला खड्का, रहनु भएको छ ।


उक्त प्रथम जिल्ला भेलामा नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश प्रसाद सिंह, जिल्ला संयोजक टेकबहादुर रावल विशेष अतिथि रहेका थिए भने, अन्य अथितिहरुमा अनेम संघ ९क्रान्तिकारी० का केन्द्रीय सचिव पार्वती थापा, केन्द्रीय सदस्य जिल्ला इन्चार्ज कृष्ण शाह, कर्णाली प्रदेश अध्यक्ष ललिता रेग्मी, प्रदेश उपाध्यक्ष देवका लामिछाने, प्रदेश सचिव गिता तिमिल्सेना रहेका थिए ।

कार्यक्रमका अथितिहरुले भेला सफलताको शुभकामना मन्तव्य राखेका थिए । राजनीतिक परिवर्तनको आन्दोलनमा महिलाहरुले उल्लेखिय भुमिका खेलेको शुभकामना मन्तव्य राख्ने बक्ताहरुले भनाइ राखेका थिए ।

तपाईको प्रतिक्रिया