जाजरकोटमा प्रहरीले बरामद गरेको लागु औषध गरीयो नष्ट

सहदेव बस्नेत
जाजरकोट, असार ४ गते , २०८२
जाजरकोट प्रहरीले बरामद गरिएको लागु औषाध (अफिम)नष्ट गरिएको छ । पक्राउ परेका व्यक्तिबाट बरामद गरिएको लागु औषध (अफिम) नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको कार्यालय परिसर भित्रको खाली ठाउँमा बरामद गरिएको एक किलो १५० ग्राम अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्ला अदालत जाजरकोट प्रतिनिधी डिठ्ठा सुरेन्द्र राना मगर, जिल्ला प्रशासन कार्यालय जाजरकोटका ना।सु। गणेश बहादुर नेपाली, भेरी नगरपालिका जाजरकोटका जनस्वास्थ्य निरीक्षक (स्वास्थ्य शाखा प्रमुख) दिप बहादुर वली र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हरी राम डाँगीको रोहबरमा उक्त लागु औषध (अफिम)नष्ट गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय पञ्चलादह जाजरकोटको प्रहरी टोलीले जेठ २२ गते कुशे गाँउपालिका–३ का हाल जुनिचाँदे गाँउपालिका–७ निपाने बस्दै आएका निरज कुमार पुनलाई १ किलो १५० ग्राम अफिम सहित पक्राउ गरेको थियो ।
जिल्ला अदालतले दिएको म्यादको सिमाभित्र रहेर पुनलाइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया