
सहदेव बस्नेत
जाजरकोट, असार ४ , २०८२
जिल्ला सरमुकाम खलंगामा सकारात्मक जीवनका लागि आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिकाको समन्वयमा ब्रहमा कुमारी ईश्वरिय विश्व विद्यालय भेरीगंगाको आयोजनामा ‘आजको आबश्यकता सकारात्मक जीवनका लागि आध्यात्मिकता’ बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको थियो ।
विज्ञानले बाह्य बस्तुको मात्र पहिचान गर्ने गरेको बताउदै ब्रहमा कुमारी ईश्वरिय विश्व विद्यालय नेपालगञ्जमा कार्यरत ब्रहमा कुमारी मुनाले आध्यात्मले आत्मिक चेतनाको पहिचान गर्ने भनाइ राखेकी थिइन् ।
आत्मिक चेतनाले मानव भावनामा हलचल पैदा गर्ने बताउदै ब्रहमा कुमारी मुनाले मानव चेतना र मानव भावनालाइ कन्ट्रोल गर्न आध्यात्मिकतासंग जोड्नु पर्ने बताउनु भएको थियो । जीवनको आध्यात्मिक यात्रा निकै सुन्दर रहेको बताउदै मुनाले आध्यात्मिक यात्राले मान्छेलाइ अनुशासित बनाउने बताउनु भयो। पञ्चतत्वले बनेको मानव जीवनलाइ आफैले रिचार्ज गर्नुपर्ने बताउदै ब्रहमाकुमारी मुनाले मानव जीवनलाइ आफैले रिचार्ज गर्न आध्यात्मिकतासंग जोड्नुपर्ने भनाइ राख्नु भएको थियो ।
भेरी नगरपालिकाका नगर प्रमुख घर्तीले सन् २०३० सम्म विश्वका ४ अर्ब मान्छेहरु डिप्रेशनको सिकार बन्ने विश्व स्वास्थ्य संगठनले पक्षपन गरेको आध्यात्मिक प्रवचन कार्यक्रमका अध्यक्ष समेत रहेका बताउनु भयो । सुगर, प्रेसर, क्यान्सर, दम लगाएतका नसर्ने रोगहरुनै मानव मृत्युका मुख्य कारणहरु बन्न पुगेको बताउदै नगर प्रमुख घर्तीले डिप्रेशनको सिकार हुनबाट बच्नुको साथै सुगर, प्रेशर जस्ता नसर्ने रोगको उपचार गर्न आत्मिक चेतनालाइ वढावा गनु पर्ने बताउनु भयो ।
आध्यात्मिक प्रवचन कार्यक्रममा ब्रहमा कुमारी इश्वरिय विश्व विद्यालयकी ब्रहमा कुमारी विष्णुले संस्थाको परिचयका विषयमा प्रवचन दिनु भएको थियो ।


जनसन्देश खबर । ७ असार २०८२, शनिबार १५:११