
जनसन्देश सम्बाददाता
जाजरकोट, असार ७ गते । भेरी नगरपालिका १ का दुई वटा विद्यालयमा बाल क्लव गठन गरिएको छ । बाल क्लव गठनका साथै वडाका ३ वटा स्थानमा अभिभावकहरुलाई सकारात्मक अभिभावकत्व सम्वन्धि अभिमुखिकरण सम्पन्न गरिएको छ । भेरी नगरपालिकाको सहयोगमा वडा स्तरीय वाल अधिकार समिति ,भेरी नगरपालिका १ को कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

भेरी नगरपालिकाकै दुर्गम र पछाडि रहेको वस्तीको रुपमा रहेका हरी शिव प्राथिमक विद्यालय डौंरी काँडा र ब्रह्मपाखु प्राथमिक विद्यालय मैदेमा विद्यालयमा अध्ययनरत बालबालिका र समुदायमा रहेका वालवालिकाहरुलाई समेटेर बाल क्लव गठन गरिएको हो । साथै मैदे, डौंरी काँडा,र कुन्ढीक बस्तीमा अभिभावकहरुलाई सकारात्मक अभिभावकत्व सम्वन्धि अभिमुखिकरण सम्पन्न गरिएको भेरी नगरपालिका १ का वडा सचिव महेन्द्र बस्नेतले जानकारी दिनु भयो । त्यसै गरि बाल बालिकाहरुलाई बालमैत्रि अभियानमा वाल क्लवको भूमिका, बाल अधिकार लगायतका विषयमा सहजिकरण गरिएको छ । त्यस्तै अभिमुखिकरण कार्यक्रममा अभिभावकहरुलाई कसरी आफ्ना वालवालिकाहरुलाई सकारात्मक सन्देस दिने व्यवहार गर्न सकिन्छ भन्ने विषयमा सहजिकरण गरिएको थियो । जस अन्तरगत बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने, घरमा पठनपाठनको उपयुक्त वातावरण बनाउने, कुलत बाट जोगाउने,बाल विवाह, वाल श्रम वाट जोगाउन आफुले खेल्नु पर्ने विषयमा प्रष्ट पारीएको थियो ।

अभिमुखिकरण कार्यक्रमको सहजिकरण नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, गैर सरकारी संस्था महासँघ जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रम शाह, वडा वालअधिकार समितिका धर्मराज परियार, शहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले गर्नु भएको थियो ।
भेरी नगरपालिकाको बालमैत्रि अभियान अन्तरगत वडा नं १ लाई बालमैत्रि वडा बनाउने तयारीमा यि वाल क्लवहरु गठन गरिएको वडा अध्यक्ष दीपक रानाले जानकारी दिनु भयो ।




जनसन्देश खबर । ७ असार २०८२, शनिबार २१:५५