
सहदेव बस्नेत
जाजरकोट, असार ९ गते ।
भेरी नगरपालिका १ को बडा स्तरीय बाल सञ्जाल पुनर्गठन गरिएको छ । भेरी नगरपालिकाको सहयोगमा भेरी नगरपालिका १ वडा वाल अधिकार समितिको आयोजनामा आयोजित कार्यक्रममा उक्त वडा वाल सञ्जाल पुनर्गठन गरिएको हो । भेरी नगरपालिका वडा नं १ पीपेमा आयोजना गरिएको बालमैत्री स्थानीय शासनको सूचकको अवस्था विश्लेषण तथा वडा वाल सञ्ंजाल पुनर्गठन कार्यक्रममा उक्त समिति पुनर्गठन गरिएको हो ।

कार्यक्रममा वडा जनप्रतिनिधिहरु, वडा नं १ मा रहेका ७ वटै विद्यालयमा रहेका वाल क्लवका प्रतिनिधिहरु, वडा वाल संजालका पदाधिकारहिरु, वडा वाल अधिकार समितिका पदाधिकारीहरु,लगायतको सहभागिता रहेको थियो ।जसको सहजीकरण नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह र गैर सरकारी संस्था महासँघका अध्यक्ष सहदेव बस्नेत, अभियान्ताहरु धर्मराज परियार र प्रेम विश्वकर्माले गर्नु भएको थियो ।
वडा नं १ का वडाअध्यक्ष दीपक रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बालमैत्री स्थानीय शासनको सूचकको अवस्था विश्लेषण समेत गरिएको थियो । जसमा भेरी नगरपालिकाको बालमैत्री अभियान अन्तरगत सन २०२५ को अन्त्य सम्ममा वडा न. १ लाई वालमैत्री वडा घोषणाका लागि पुरा गर्नु पर्ने सुचकहरुको वारेमा छलफल गरि प्रतिवद्धता समेत गरिएको थियो ।
पुर्नगठन गरिएको बाल सञ्जालको अध्यक्षमा शिव माध्यमिक विद्यालय कालेगाउँका सनम विक वाग्यश्वरी आधारभुत विद्यालय पीपेका उत्तम परियार उपाध्यक्ष, भेरी त्रिवेनी मा.वि. रीम्नाका आरोही राना सचिव, शिव माध्यमिक विद्यालय कालेगाउँका नवराज रावत सह सचिव रहेका छन । त्यसै गरी सदस्यहरुमा नवीन वली, सुदाम पुन, राजु राना, इशा राना, पवित्रा विक, टिकाराम विक, टेक वहादुर विक, तिर्सना राना, मौसम रावत रहेका छन ।


जनसन्देश खबर । ९ असार २०८२, सोमबार ०८:३६