
जाजरकाेट । जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । आइतवार राति जिल्लाको भेरी नगरपालिका ६ गंगटियाकी दीक्षा शाहीको सर्पको टोकाईवाट ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राति घरमै सुतिरहेको वेला सर्पले टोक्दा शाही गम्भीर घाइते भएकी थिइन ।
शाहीको उपचारका लागि जाजरकाेट अस्पताल जाजरकोट पुर्याउदा सोमवार जाजरकोट अस्पतालले मृत घोषीत गरेको थियो । मृतक शाही भगवति माध्यमिक विद्यालय गंगाटीयामा कक्षा ६ मा अध्ययनरत छात्रा हुन । अस्पताल पुग्दा नै बालिकाको मृत्यू भइसककेको जाजरकोट अस्पतालका प्रमुख डाक्टर सुनील पुनले बताए ।

जनसन्देश खबर । ९ असार २०८२, सोमबार १४:२२