
सहदेव बस्नेत
जाजरकोट, असार १७ गते । जाजरकोटको छेडागाड नगरपालिकामा मानव अधिकार प्रबद्धन गोष्ठि सम्पन्न भएको छ । छेडागाड नगरपालिका र एम्नेष्टि इन्टरनेसनल नेपाल जाजरकोट ग्रुप ७७ को प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
जाजरकोटमा पहिलो पटक स्थानीय सरकारद्वारा कर्मचारी र जन प्रतिनिधीलाई मानव अधिकार प्रर्वद्धन गर्न जोड् दिइएको यो पहिलो भएको ऐम्नेस्टी इन्टरनेशन नेपाल जाजरकोटका संयोजक खम्ब जंग शाहले बताउनु भयो ।
कार्यक्रममा सहजिकरण गर्दे ऐम्नेस्टी इन्टरनेसन नेपालका निर्देशक निराज थपलियाले कर्मचारीहरुलाई मावन अधिकारमुखी निती तथा वजेट र कार्यक्रम मार्फत स्थानीय सरकारले मावन अधिकार प्रर्वद्धनात्मक क्षेत्रमा जोड दिन अभिप्रेरित गर्नु भएको थियो ।
सरकारले नागरिक प्रति मानव अधिकारका क्षेत्रमा सम्वेदनशिल वनिदिदा पनि नागरिकहरुमा अधिकार प्राप्त गर्न सहजता ल्याउने भन्दै यस तर्फ नितीगत , कार्यक्रमहरु बजेट व्यवस्थापन लगाएतका कार्यमा जोड दिन आवस्यक रहेको प्रकास पार्नु भएको थियो ।
राज्य आफै मावन अधिकरा प्रति उत्तरदायि भएकोले स्थानीय सरकार पनि नागरिकका अधिकारहरुलाई सुनिश्चित गर्न लागि परिरहेको र अझ सशक्त रुपमा अगाडी वढुन पर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा वोल्ने अधिकासं बक्ताहरुले नागरिक प्रति जिम्मेवार हुन प्रयाप्त बजेट तथा कार्यक्रम कमै भएको र यसलाई जोड दिन माथि देखि नै तल सम्म निती बन्न नसक्दा प्रभाबकारी हुन नसकेको र स्थानीय सरकारले युवा मैत्री बजेट र कार्यक्रम गराउन नसक्ने अवस्था आएको उप प्रमुख चन्द्र बहादुर थापाले बताउनु भयो ।
सिमित बजेट र कार्यक्रम त्यो पनि अपुरो गरेर आउने भएकोल थुप्रै चुनौतिहरु रहेको र आफुहरु सक्दो प्रयास गरिरहेकोमा जोड दिनु भयो ।
छेडागाड नगरपालिकाका उप प्रमुख चन्द्र बहादुर थापाको अध्यक्षता तथा ऐम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रिय अध्यक्ष विपीन वुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमहरुमा सरोकारवाला सवैको सहभागिता रहेको एम्नेस्टी इन्टरनेशन नेपाल जाजरकोटका संयोजक खम्ब जंग शाहले जानकारी दिनु भयो ।


जनसन्देश खबर । १८ असार २०८२, बुधबार ०५:४८