दलित बालबालिकाहरुको शिक्षामा पहुँच बढाउन सरोकारवाला संग अन्तर्रक्रिया कार्यक्रम सम्पन्न्

जनसन्देश सम्बाददाता
जाजरकोट, साउन २ गते । नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघ जिल्ला शाखा जाजरकोट द्वारा भेरी नगरपालिका वडा नम्बर ६ मा रहेको भगवती आधारभूत बिद्यालय गङ्गटियामा दलित बालबालिकाहरुको शिक्षामा पहुँच अभिवृद्धिको लागि शैक्षिक सरोकारवाला संग अन्तरक्रियार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला शाखा जाजरकोटका सदस्य मनकला विकको सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका भेरी नगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष जया कुमारी कामी , बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष ललित गन्धर्व , प्रधानाध्यापक भुवन शाही , रोल मोडेल ब्यक्ति भिम बहादुर बिश्वकर्मा लगायत बिद्यालयका शिक्षक , अभिभावक र बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रिय कार्यालय काठमाडौं र सेभ द चिल्ड्रेनको साझेदारीमा नेपाल छात्रवृत्ति कार्यक्रम जाजरकोटमा बिगत १३ वर्ष देखि नलगाड , छेडागाड , भेरी नगरपालिका र कुशे गाउँपालिकामा सञ्चालन गरिरहेको जिल्ला कार्यक्रा अधिकृत कृष्ण तिरुवाले जानकारी दिनु भयो।यस कार्यक्रमवाट जिल्लाभर १ सय २० जना दलित बालबालिकाहरु बाट प्रत्यक्ष लाभान्वित भैरहेका अधिकृत तिरुवाले जानकारी दिनु भयो ।


बिध्यालयका प्रधानाध्यापक भुवन शाहीले गन्धर्व समुदायका बालबालिका भगवती आ। बिध्यालयमा बढी संख्यामा अध्ययन गर्ने भएकोले छात्रवृत्ति कोटा बढाउनु पर्ने माग राख्नु भयो । कार्यक्रममा बिध्यालयका पुर्व बिध्यार्थी हाल शुभ कालिका गाउँपालिका कालिकोटमा कार्यरत भिम बहादुर बिक लाई सम्मानित गरिएको थियो ।
विशेष लक्षित बालबालिका , अति जोखिममा परेका बालबालिका र रोल मोडेल बालबालिका गरि तीन प्रकारको छात्रवृत्ति बैंकिङ प्रणाली बाट प्रदान गरिरहेको अधिकृत तिरुवाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया