
जनसन्देश खबर सम्बाददाता
जाजरकोट, असार ३० गते । जाजरकोट जिल्लामा कार्यरत विकास साझेदारसंस्थाहरु र सरोकारवालाहरु विचको समन्वय वैठक खलंगाामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटको आयोजना र गैर सरकारी संस्था महासँघ नेपाल जिल्ला साखा जाजरकोटको संयोजनमा जिल्ला भित्र कार्यक्षेत्र रहेर कार्यक्रम सन्चालन गरिरहेका विकास साझेदारसंस्थाहरु विचको बैठक सम्पन्न गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटको वैठक कक्षमा सम्पन्न भएको वैठकमा जिल्लामा क्रियाशील विकास साझेदारहरुले आआफ्नो संस्थाहरुले सन्चालन गरेका कार्यक्रम हरु वारे प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली वहादुर खत्रीको अध्यक्षतामा सम्पन्न वैठकको सन्चालन जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडग वहादुर वुढाले गर्नु भएको थियो । वैठककोसन्दर्भमा गैर सरकारी संस्था महासँघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेतले प्रष्ट पार्नु भएको थियो ।
वैठकमा प्रमुख जिल्ला अधिकारी मेख वहादुर मग्रातीले सवै विकास साझेदारहरुले जिल्लाका भौतिक तथा मानविय विकासमा गरेको योगदानको प्रशंसा गर्नु भएको थियो । आगामि दिनमा अझै समन्वय र सम्पर्कको पाटोलाई लवीयो वनाउँदै विपद व्यवस्थापन तथा प्रतिकार्यमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

वैटकका अध्यक्ष एवं जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली वहादुर खत्रीले सवै विकास साझेदारहरुको एकै ठाउँमा वैडक बसेर भएका गतिविधिहरु वारे जानकारी आदान प्रदान हुनु निकै सकारात्मक कार्य रहेको भनार्य राख्नु भएको थियो । साथै आगामि दिनमा जिल्ला समन्वय समितको तर्फ वाट सवै संस्थाहरुले सन्चालन गरेका गतिविधिहरुको अनुगमण कार्यलाई जोड दिने भनाई राख्नु भएको थियो । वैठकमा तिनवटै सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।






जनसन्देश खबर । ३१ असार २०८२, मंगलवार ०९:०२