
जनसन्देश सम्बाददाता
जाजरकोट, साउन ७ गते । गए राति भेरी नदीमा टिपर खस्दा बेपत्ता भएका तिन जना अझै फेला पर्न सकेका छैनन।
नलगाड नगरपालिकाको दल्लीबाट आठबीसकोट नगरपालिका १४ छेपारेतर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए ।
जाजरकोटका प्रहरी नायव उपरीक्षक डिएसपी बसन्त कुमार शर्मा ले बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन भएर खोजी भइरहेको जानकारी दिनु भयो । घटनास्थल भन्दा ५सय मीटर तल जाजरकोट साइडमा टिपर फेला परेको तर नदि वाट निकाल्ने प्रयास भइरहेको पनि डिएसपी शर्माले जानकारी दिनु भयो ।
भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीको भनाई छ ।।
बेपत्ता हुनेहरुमा टिप्पर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, यति विल्डर्सका जेसिबि चालक रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का धनबिर बिक र हेल्पर रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ का हरि बिक रहेको प्रहरीले जनाएको छ ।

जनसन्देश खबर । ७ श्रावण २०८२, बुधबार १५:३९