
जनसन्देश सम्बाददाता
जाजरकोट, साउन ८ गते । नेपाल रास्ट्रिय दलित समाज कल्याण संघ जिल्ला कार्यसमिति जाजरकोटले आफ्नो परियोजना अन्तरगत दलित बालबालिका छात्रवृत्ति कार्यक्रमको प्रभावकारीता सम्वन्धि सरोकारवाला सहितको सयुक्त अनुगमन सम्पन्न गरेको छ । कार्यक्रम भेरीनगरपालिका ४ बोहरा स्थित बुद्धि आधारभुत बिध्यालयमा रहेका छात्रवृत्ति प्राप्त गर्नु हुने ७ जना बालबालिका तथा अभिभावक सहीतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा भेरी (४ का वडा अध्यक्ष वसन्त प्रसाद शर्मा पुर्ब वडा अध्यक्ष खम्ब जङ्ग शाह , समेतको उपस्थिती रहेको थियो कार्यक्रम नेपाल रास्ट्रिय दलित समाज कल्याण संघ जिल्ला कार्यसमिति जाजरकोट का कार्यबहाक अध्यक्ष सुनिता सुनारको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई जाजरकोटका इकाई प्रमुख योगेश्वर खत्रीको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा परियोजनाबाट लाभ लिएका अभिभावक र बिध्यार्थिहरुले कार्यक्रमले सहयोग पुर्यायको बताएका थिय ।
सस्थाले गरेको कार्यक्रममा विभिन्न कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । परियोजनाले ७ जना बोहरामा पढ्ने दलित बालबालिकाहरुलाइ ठूलो सहयोग पुगेको अभिभावकहरुले बताएका थिए ।

कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक गिता शाही , त्रिभुवन मा बिका प्रधानाध्यापक भक्त बहादुर मल्ल, गैसस महासँघ जाजरकोटका अध्यक्ष सहदेब बस्नेत ,इन्सेक प्रतिनिधि बासुदेब शर्मा लगायतको सहभागीता रहेको थियो ।कार्यक्रममानै त्रिभुबन मावि खलंगाका प्रधानाध्यापक भक्त बहादुर मल्लले जिल्लामा दलित छात्रवृत्ति पाएका बालबालिकाहरु लगनशिल हुनु पर्नेै , अविभाबकहरु पनि यस विषयसमा चासो लिनु पर्नेमा जोड दिनु भएको थियो ।विद्यार्थीहरु छात्रवृत्ति पाएपछि लगनशिल र अनुशासित हुनु् पर्नेमा जोड दिनु भएको थियो ।
।
कार्यक्रममा बुद्धि आधारभुत विद्यालयका प्रधानाध्यापक गिता शाहीले आफ्नो बिध्यालयका बालबालिकाहरुलाइ छात्रवृत्ति दियर सहयोग गरेकोमा धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी योगेश्वर खत्रीले जुन पेसा छ तेस्लाइ राम्रो सङ्ग गर्न सके त्यो नै राम्रो हुने वहाले बताउनु भएको थियोे ।
कार्यक्रमम अध्यक्षता गर्नु भएका सस्थाका कार्यबहाक अध्यक्ष सुनिता सुनारले नेपाल छात्रवृत्ति कार्यक्रमको प्रभाबकारीताको लागी सहि सदुपयोग गरिदिन आग्रह गर्नु भएको थियो ।


जनसन्देश खबर । ९ श्रावण २०८२, शुक्रबार १५:४४