
जनसन्देश सम्बाददाता
जाजरकोट, साउन १२ गते । जाजरकोटलाई राष्ट्रिय स्तरमा भलिबल खेलमार्फत चिनाउने खेलाडी तुफान श्रेष्ठको निधन भएको छ । मुटुरोगको उपचाररत श्रेष्ठको काठमाडौंस्थित गंगालाल हृदय केन्द्रमा सोमवार निधन भएको हो ।
श्रेष्ठको तिन दिन अघि काठमाडौंस्थित गंगालाल हृदय केन्द्रमा मुटुको अपरेसन गरिएको थियो ।
भेरी नगरपालिका ४ निवासी श्रेष्ठको निधनले जाजरकोट लगायत सम्पूर्ण खेलकुद क्षेत्र शोकमा डुबेको छ । उहाँले युवाहरूमाझ भलिबलप्रति रुचि बढाउनुका साथै जिल्लामा खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको थियो । सरल स्वभावका धनि श्रेष्ठले जाजरकोट जिल्लालाई भलिभल खेल मार्फत देस व्यापी रुपमा चिनाउनु भएको थियो ।


जनसन्देश खबर । १२ श्रावण २०८२, सोमबार १६:२८