
जनसन्देश सम्बाददाता ।
जाजरकोट , असोज २९ गते । भेरी नगरपालिका–१ पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सुरक्षित प्रसुति सेवा केन्द्रको स्थापना गरिएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले विधिवत रुपमा सुरक्षित प्रसुति सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो।जाजरकोट भुकम्प पश्चात विभिन्न विकास साँझेदार निकायहरुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवनमा आवश्यक जनशक्तिसंगै उपकरणहरुको व्यवस्थापन गरेर सुरक्षित प्रसुति सेवा केन्द्रको उद्घाटन गरिएको थियो ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा भेरी नगरपालिका–१ का वडा अध्यक्ष दिपक रानाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा नगरप्रमुख घर्तीले पानसमा बत्ति बाल्नुको साथै रिवन काटेर, व्यानर पढेर सुरक्षित प्रसुति सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा वोल्दै नगर प्रमुख घर्तीले विभिन्न सेवा विस्तार सँगै यस स्थानमा सन्चालन मा आएको सेवाले आमा र वच्चाको जीवन सुरक्षीत हुने आसा राखेको बताउनु भएको थियो

। अझै पनि एक लाख सुत्केरी आमाहरुमा १ सय ७२ जना शिसुको प्रत्यक वर्ष मृत्यू हुने गरेकोमा त्यस को रोकथामका लागि यो सेवाले निकै टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
भेरी नगरपालिका वडा नं १ को मथिल्लो लेकाली वस्ती रहेको मैदे, डौंरीकाँडा, रीठापानी नलगाड १ को जुरेली, गैरी खर्क र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका केहि वडा यस केन्द्रको सेवाग्राहीका रुपमा रहेका छन ।
भेरी नगरपालिका १ का वडा अध्यक्ष दीपक रानाले यस दुर्गम र पछिडिएको समुदायको रुपमा मानिने स्थानमा क्रमशः सवै सेवाहरु प्रवाह गर्दै जाने क्रममा सुरक्षित प्रसुती सेवा केन्द स्थापना भएको बताउनु भयो ।यस वडामा प्रसुति सेवा सन्चालनका लागि भौतिक पुर्वाधार सहयोग गर्नु हुने सवै सरोकारावालाहरु लाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

आफ्नो स्थानमा प्रसुति सेवा शुरु हुने भए पछि यहाँका स्थानीयहरु खुसी व्यक्त गरेका छन । आफुहरुको गाउँघरमै सुरक्षित प्रसुती सेवा केन्द स्थापना हुनु आफुहरुका लागि निकै खुसीको कुरा भएको स्थानीय कल्पना नेपालीले बताउनु भयो ।

कार्यक्रमा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोम बहादुर महत, स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कार्की, भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख डा। लक्ष्मण विक्रम जिसी, नेकपा ९माओवादी केन्द्र० कर्णाली प्रदेश समिति उपाध्यक्ष ढकवीर राना, गैरसरकारी संस्था महासंघ नेपाल जाजरकोटका अध्यक्ष सहदेव बस्नेतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
२०७५ सालसम्म वडामा स्वास्थ्य संस्था नभएको बताउदै वडा अध्यक्ष रानाले “विगतमा सुरक्षित मातृत्व नभएर आफ्नो बज्यैले १३ वटा सन्तान जन्माउन बाध्य भएको भनाइ राखेका थिए । १३ वटा सन्तान जन्माएकी बज्यैका दुइ भाइ छोरा मात्र बचेको स्मरण गर्दै अध्यक्ष रानाले युग सुहाउदो स्वास्थ्य सेवा सुधार गर्न आफुहरु लागि परेको धारणा राख्नु भएको थियो।” कार्यक्रमको संचालन पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज दलराज विकले गर्नु भएको थियो भने, स्वागत भाषण स्वास्थ्यकर्मी रामेश्वर रानाले गर्नु भएको थियो ।

जनसन्देश खबर । २९ आश्विन २०८२, बुधबार ०८:०६