
सहदेव बस्नेत,
जाजरकोट, असोज २७ गते । भेरी नगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा सरोकारवालाहरुले ध्यान नदिदा स्थानिय यूवाहरु श्रमदानमा जुटेका छन । भेरी नगरपालिका शान्ति चौतारा देखि कालेगाउँ सडक खण्डमा परेको खाल्डाखुल्डी पुर्ने तथा झाडी सरसफाईमा युवा हरु जुटेका छन ।
भेरी नगरपालिका ३ थाप्लेका यूवाहरुले थाप्ले सडक खण्डमा परका खाल्डा खुल्डी तथा पहीरो व्यवस्थापन गरेका छन । भेनपा ३ थाप्लेका युवा अगुवा प्रकाश शाहीले आफ्नो गाउँ समाजमा सवैले केही योगदान गरौं भन्ने हेतुले श्रमदानमा जुटेको बताउनु हुन्छ । साथै उनिहरुले सडकमा भएका झाडी समेत सरसफाई गरेका छन ।
त्यसै गरी थाप्लेचौरमा रहेको पीपल चौतारी नजिक यूवाहरुले श्रमदानमा प्रहरी वीट स्थापना गर्नका लागि बेस तयार गरेका छन । त्यसको लागि आवस्यक पर्ने बालुवा स्थानीय भक्त वहादुर वली र सीमेन्ट शिद्धपाइला होटेलका सन्चालक दीपक खत्रीले सहयोग गर्नु भएको शाहीले जानकारी दिनु भयो । साथै मीलन चनारा लगायतका स्थानीयहरुले अन्य काममा सहयोग गर्नु भएको थियो ।
भेरी नगरपालिका १ कोल्चौरका युवा समाजसेवी मनोज नेपाली आफ्नो गाउँ वनाउना युवा हरु आफै सक्रिय भयर जुट्नु पर्ने बताउनु हुन्छ । अरुलाई भन्नु भन्दा पनि युवाहरु आफै जुटेर समाजमा केही गर्नु पर्छ र हरेक साना तिना काममा पनि राज्यको मुख ताक्नु हुन्न भने मनसायका साथ जुटेको बताउनु हुन्छ ।

त्यसै गरि नेपाल विद्युत प्राधिकरण जाजरकोट साखाका कर्मचारीहरुले आफ्नो कार्यालय नजिक सडकमा रहेका खाल्डा पुर्ने कार्य गरेका छन । नेपाल विद्युत प्राधिकरणका कर्मचारी बवी कार्कीले सवैले आफ्नो काार्यलय नजिकको काम आफैले गर्न सके अरुको भर पर्नु नपर्ने बताउनु हुन्छ ।


जनसन्देश खबर । २७ आश्विन २०८२, सोमबार ०८:३०