जाजरकोटको नलगाड, १ चीउरीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यू

 

 

सहदेव बस्नेत
जाजरकोट, मङ्सिर ४ गते । जाजरकोटमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मत्यू भएको छ । जिल्लाको नलगाड नगरपालिका १ चीउरीमा गए राति ८ वजे भे २ त ५७९ नंवरको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका सहचालक २८ वर्षिय कर्ण वहादुर विकको मृत्यू भएको हो ।
वडा अध्यक्ष धन वहादुर महरले नलगाड १ चीउरी गाउँ वाट रुकुम पश्चिमको आठबीसकोट नगरपािलका ११ चीसापानी वजार तर्फ जाने क्रममा उक्त दुर्घटना भएको जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले दुर्घटनाको वडा अध्यक्ष धन वहादुर महरले जानकारी गराउने वित्तीकै प्रहरी घटना स्थलमा पुगी घाइते विक लाई नजीकै रहेको नलगाड नगर अस्पताल पुर्याएकोमा चिकीत्सक ले मृत घोषणा गरेको जानकारी दिनु भयो ।
दुर्घटना लगत्तै ट्याक्टर चालक हीरालाल घर्ति फरार रहेकाले खोजी कार्य भइरहेको र दुर्घटना वारे आवस्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो । हाल मृतक विकको शव नगर अस्पतालको शव गृहमा राखीएको र पोष्टमार्टम पश्चात आफन्त लाई वुझाइने प्रहरीले जानएको छ ।

तपाईको प्रतिक्रिया