जाजरकोटको कार्कीज्युला मेलामा गोली प्रहार, आरोपी पक्राउ

जनसन्देश सम्बाददाता
जाजरकोट, मङ्सिर ४ गते । जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबारे भएको गोली प्रहार घटनामा एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मेलाका क्रममा स्थानीय टेकेन्द्र नेपालीले गोली चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले घटनास्थल वाट गोलीको खोका जस्तो लाग्ने वस्तु फेला पारेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले घटनामा बारेकोट–७ का ३४ वर्षीय यमबहादुर सिंह घाइते भएको जानकारी दिनु भयो । स्थानीयहरुले तत्काल उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि पठाइएकोमा निजको हाल नेपालगंज स्थीत न्यूरो अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भयो । सिंहको पेटतर्फ गोली लागेको प्रहरीले जनाएको छ।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी बसन्त कुमार शर्माले घटनाका आरोपी टेकेन्द्र नेपाली घटना लगत्तैफरार रहेको र प्रहरीले खोजतलासको क्रममा वारेकोट ६ टाँसी स्थीत आफ्नै घर वाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउँदै गरेको जानकारी बताउनु भयो । जाजरकोटमा यस प्रकारको गोली प्रहारको घटना पहिलो भएको समेत प्रहरीले जानकारी दिएको छ । घाइते सिंह सो स्थानमा लागेको मेला व्यवस्थापन समितिको संयोजक समेत रहेको स्थानीयले जानकारी दिएका छन ।

 

तपाईको प्रतिक्रिया