
जनसन्देश सम्बाददाता
जाजरकोट, मंसीर २० गते । सामाजिक विकास कार्यालय जाजरकोटले सात वटै स्थानीय तहमा कार्यरत शिक्षा तथा महिला तथा वालवालिका साखामा कार्यरत कर्मचारीहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक विकास कार्यालयको हलमा शुक्रवार आयोजित कार्यक्रममा जिल्लाका सात वटै पालिकावाट गरि १२ जना सहभागिहरु रहेको कार्यालयका सुचना अकिारी तथा प्रास. जगदीस न्यौपानेले जानकारी दिनु भयो ।

कार्यक्रमको उद्घाटन शत्रमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली वहादुर खत्रीले सवै स्थानीय तहका कर्मचारीहरु विच समन्वय तथा सहकार्यका लागि यो कार्यक्रम प्रभावकारी हुने भनाई राख्नु भएको थियो । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख यज्ञश्वर खत्रीले शिक्षा तथा बालवालकाहरुको क्षत्रमा सात वटै पालीकाले गरिरहेर्कोे कार्य र राम्रा अभ्यास हरुको आदान प्रदान हुने अवसर रहेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न सहजकर्ताहरु नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, गैर सरकारी संस्था महासँघ नेपाल जाजरकोटका अध्यक्ष सहदेव बस्नेत, कार्यालय प्रमुख दशरथ लामीछाने वाट सहभागिहरुलाई विभिन्न विषयमा सहजीकरण तथा अन्तरक्रिया समेत गरिएको सुचना अधिकारी न्यौपानेले जानकारी दिनु भयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख दशरथ लामीछानेले काार्यलयको यस वर्षको वजेट तथा कार्यक्रम अन्तरगत सात वटै तहमा कार्यरत शिषा तथा वालवालिका साखा मार्फत गरिने कार्यक्रम वारे समन्वयको लागि यो कार्यक्रम आयोजना गरिएको वताउनु भयो ।


जनसन्देश खबर । २० मंसिर २०८२, शनिबार १०:१६