भेरी सामुदायिक विकास मञ्च जाजरकोटको पाँचौं साधारण सभा सम्पन्न

जनसन्देस सम्बाददाता
जाजरकोट, मंसिर २३ गते । भेरी सामुदायिक विकास मञ्च जाजरकोटको पाँचौं साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिका ४ को आरआर होटेलको सभाहलमा सोमवार सम्पन्न साधारण सभामा सचिव कर्ण वहादुर शाही ले पेश गरेको आ.व. २०८१÷.०८२ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०८२÷०८३ को प्रस्तावित कार्यक्रम र अनुमानित आयव्यय पारीत गरिएको थियो । त्यस्तै कोषाध्यक्ष सुजन केएस ले पेश गरेको आ.व. २०८१÷.०८२ आर्थिक प्रतिवेदन र सहजकर्ता राजेन्द्र विक्रम शाहले पेश गरेको सामाजिक परिक्षण प्रतिवेदन पास गरिएको छ । मञ्चले आर्थिक वर्ष २०८१÷०८२ मा कुल ३६ लाख ३४ हजार ८७६ रुपियाँको आयाव्यय विवरण प्रस्तुत गरेको छ ।
२०७८ सालमा स्थापना भएको मञ्चले हाल १३ वटा वडामा गरि ७३ वटा टोल विकास संस्था निर्माण गरेर १ हजार ६४८ जना सदस्य आवद्ध गराएको छ । त्यस्तै प्रतिवेदनमा टोल विकास संस्थाहरुमा समस्या विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन अन्तरगत ६सय ५९ वटा समस्या विश्लेषण गरि समाधानका लागि ५ सय ९८ वटा कार्ययोजना निर्माण गरिएकामा ५ सय १० वटा कार्ययोजना सम्पन्न गरिएको जनाइएको छ ।


प्रगति प्रतिवेदनमा ७३ वटा टोल विकास सस्थामा गरि हाल १ करोड ५० लाख रुकम कोषको रुपमा रहेको र समुदायको मागको आधारमा आयआर्जन कार्यक्रममा घुम्तिकोषका रुपमा परिचालन हुने गरेको उल्यख गरिएको छ ।
त्यस्तै आर्थिक अवस्थाको कमजोर भई पढाई छाड्न लागेका ३ जना बालबालिकाहरुका लागि प्रति विद्यार्थि २५ हजार रुपियाँका दरले ७५ हजार रुपियाँ उपलव्ध गराइएको जनाइएको छ ।


मञ्चका अध्यक्ष सीता दवाडीको अध्यक्षता, संस्थापक उपाध्यक्ष कौशीला शाही ले स्वागत मन्तव्य र सामुदायिक प्रशिक्षक भद्रकला शाहीको सन्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला विकास समिति जाजरकोटका प्रमुख काली वहादुर खत्री,उप प्रमुख दल वहादुर सिंह, भेरी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बीर वहादुर चन्द, भेरी ९ का वडा अध्यक्ष हीरा प्रशाद शर्मा, वडा नं १२ का वडा अध्यक्ष भक्त वहादुर मल्ल, १३ का वडा अध्यक्ष यज्ञ वटाला , नेकपा एमालेका जिल्ला उपाध्यक्ष विश्व विक्रम शाहले शुभकामाना मन्व्य राख्दै संस्थाले गरेको योगदानको वारे प्रशंसा गर्नु भएको थियो ।


त्यस्तै साधारण सभामा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, गैर सरकारी संस्था महासँघ नेपाल जाजरकोटका अध्यक्ष सहदेव बस्नेत, पत्रकार वाल कुमार शर्मा, आस्मान नेपालका कृष्ण नेपाली , एनएनडिएसडव्लओ जाजरकोटका कार्यक्रम अधिकृतका कृष्ण तिरुवा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


भेरी सामुदायिक विकास मञ्च जाजरकोटका कार्यक्रम व्यवस्थापक दिपेन्द्र कार्कीले कार्यक्रममा १३ वटै वडाका गरि ३ सय भन्दा वढि को सहभागिता रहेको र अधिकाँस महिला सहभागिता रहेको बताउनु भयो । व्यवस्थापक कार्कीले साधारण साभामा सहभागिता जनाउने अतिथि लगायत सवै सहभागिप्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । यस मञ्चले जिल्लामा सामाजिक परिचालन र सशक्तिकरण का क्षेत्रमा निकै महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

तपाईको प्रतिक्रिया