छेडागाड नगरपालिकाका २ वटा वडा बालमैत्री वडा घोषणा

सहदेव बस्नेत
जाजरकोट,पुस १ गते । जाजरकोटको छेडागाड नगरपालिकामा २ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले बालमैत्रि वडा घोषणका लागि निर्धारण गरेका सवै सुचकहरु पुरा भएपछि बिशेष सभाको आयोजना गरेर छेडागाड नगरपालिकाका वडा नं १२ र १३ लाइ बालमैत्री वडा घोषणा गरिएको हो ।
विशेष सभामा छेडागाड नगरपालिकाको १३ नम्बर वडालाइ छेडागाड नगरपालिकाको तेस्रो र जिल्लाको सातौंैं बालमैत्री वडा घोषणा गरिएको हो । त्यस्तै वडा नं १२ छेडागाड नगरपालिकाको चौथो र जिल्लाको आठौं वडाको रुपमा घोषणा गरिएको छ ।
जिल्ला समन्ँवय समितका सदस्य खडग वहादुर वुढाले दुवै वडालाई बालमैत्री वडा घोषणा भएको घोषण गर्दै प्रमाण पत्र हस्तान्तरन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका वुढाले वडाकोवालमैत्री घोषणा सँगै दीगोपनका लागि डटेर लाग्न नगरपालिका तथा वडालाई आग्रह गर्नु भएको थियो ।


वडा नं १२ का वडा अध्यक्ष प्रेम वहादुर खत्रीले चूनौतिका विच गरिएको अथक प्रयासका बाबजुद यतिवेला नगरपालिकाकै चौथोे बालमैत्री वडा घोषणा गर्न सफल भएकोे भनाइ राख्नु भएको थियो । तिन बर्ष पहिला देखि थालिएको अभियानको प्रतिफल अनुरुप यतिवेला बालमैत्री वडा घोषणा भएको अध्यक्ष खत्रीले भनाई राख्नु भएको थियो ।
त्यस्तै वडा नं १३ का वडाअध्यक्ष मोती वहादुर खत्रीले आफुहरुको मेहनत र साझोदार संस्था पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको पहलमा वडा घोषण गर्न सफल भएको भन्दै धन्यावाद व्यक्त गर्नु भएको थियो । घोषणा कार्यक्रममा विभिन्न झाँकी सहित वडा वासीहरुको सहभागिता रहेको थियो ।
छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्र वहादुर थापाले विस्ीतारै अन्य वडामा पनि यो अभियान अगाडि वढिरहेको बताउनु भयो । बालबालिकानै भसवस्यको आधारस्तम्भ भएकाले बालबालिका लक्षीत कार्यक्रमलाई प्राथमिकतामा राखेर पालिका अगाडि वढेको उपप्रमुख थापाको भनाई छ ।


छेडागाड नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग वहादुर रोकायाले बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकहरुमा ९५ प्रतिशत भन्दा बढि प्रतिशत नम्बर हासिल गरेको हुनाले दुवै वडालाइ बालमैत्री वडा घोषणा गरिएको बताउनु भयो ।
कार्यक्रममा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यकारी निर्देशक टेक वहादुर सुनारले घोषणा सँगै वडा लाई यसको दिगोपनका लागि लाग्न आग्रह गर्नु भएको थियो । पाँच तारा युवा संरक्षक मञ्चका परियोजना संयोजक कुवेर केसीले बालमैत्री वडा घोषणा सँगै समुदायमा बालबालिका प्रतिको संवेदनशीलतामा अभिवृद्धि हुदै जाने विश्वास व्यक्त गर्नु भयो । बालमैत्री वडा घोषणाको दिगोपनका लागि पालिकाले वजेट तथा कार्यक्रममा जोड दिनु पर्ने संयोजक केसीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया