रमाइलो मेला–२०८२ को भलिवल प्रतियोगिताको तृतीय पुरस्कारको प्रायोजक थकाली भान्साघर एण्ड लज

 

 

जनसन्देश सम्बाददाता
जाजरकोट, पुस ७ गते । जाजरकोट दरबार कप तथा खुल्ला भलिवल प्रतियोगिताको तृतीय पुरस्कारको प्रायोजक थकाली भान्सा घर एण्ड लजले गर्ने भएको छ । रमाइलो मेला–२०८२ मा आयोजना गरिएको खुल्ला भलिवल टुमेन्टको तृतीय पुरस्कारको प्रायोजक थकाली भान्सा घर एण्ड लजले गरेको हो ।

हाम्रो जाजरकोट, हाम्रो गौरव भन्ने मुल नाराका साथ लाग्न थालेको ५३ औं रमाइलो मेलाको अवसरमा आयोजना गरिएको जाजरकोट दरबार कप तथा खुला भलिवल प्रतियोगिताको तृतीय पुरस्कार राशी १ लाख १५३ रुपैया रहेको छ । उक्त तृतीय पुरस्कारको प्रायोजक थकाली भान्सा घर एण्ड लज जाजरकोट खलंगा ठाँटीबजारको न्यूँ रोडमा रहेको छ ।

विगत सात बर्षदेखि संचालनमा आएको होटल थकाली भान्सा घर एण्ड लजले लजिङ्ग, फुटिङ्गसंगै विभिन्न तालिम, गोष्टी र बैठकहरु संचालन गर्नका लागि सुविधायुक्त हल, नेपालगञ्ज, सुर्खेत जान र आउनलाइ गाडीको पनि सुविधा दिदै आएको छ ।

विश्वव्यापी कोभिड–१९ को महामारी र २०८० कातिक १७ गतेको मध्येराती गएको जाजरकोट भुकम्पको वेला पनि कुशल सेवा दिन सफल थकाली भान्सा घर एण्ड जलले पैसा कमाउनलाइ मात्र नभएर सामाजिक काममा पनि योगदान गर्ने उदेश्यले व्यवसाय संचालन गरेको लजको संचालक माया शाहीले बताउनु भयो। मेलाले जिल्लाको भेष, भुषा, कला, साहित्य, भाषा र संस्कृतिलाइ संकेन्द्रित गर्ने बताउदै होटल संचालक शाहीले अहिलेका युवा–युवतिहरुका लागि भलिबल प्रतियोगिता निकै लोकप्रिय भएको बताउनु भयो । युवा पुस्ताको रुचीलाइ पुरा गनुको साथै खेलाडीहरुलाइ प्रेरित गर्न आफुले प्रतियोगिताको तृतीय पुरस्कारको प्रायोजन गरेको शाहीले बताउनु भयो ।

रमाइलो मेलामा आयोजना गरिएको भलिवल प्रतियोगितामा उत्साहित भएर भाग लिन खेलाडीहरुलाइ आग्रह गर्दै होटल संचालक शाहीले रमाइलो मेलाले जिल्लाको पहिचान दिन सक्नु पर्ने बताउनु भयो। आध्यात्मिक यात्रामा अगाडी बढेकी शाहीले दान, पुन्य जस्ता सामाजिक कार्यबाट आफुले मानव सेवा गर्दै आएको बताउनु भयो।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा लगाउन लागिएको रमाइलो मेला–२०८२ मा आयोजना गरिएको जाजरकोट दरबार कप तथा खुल्ला भलिवल प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १५३, द्धितीय पुरस्कार २ लाख १५३ र तृतीय पुरस्कार १ लाख १५३ रुपैया रहेको छ ।

तपाईको प्रतिक्रिया