“महाधिवेशन निर्धारीत मितिमै गरेर निर्वाचनमा होमीनु पर्छ –सभापति सिंह

सहदेव बस्नेत
जाजरकोट, पुस १० गते । नेपाली काँग्रेस जाजरकोटले “ पार्टीको महाधिवेशन निर्धारीत मितिमै गरेर निर्वाचनमा होमीनु पर्ने धारणा सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले बिहीबार सदरमुकाम खुलङ्गामा अधिवेशन केन्द्रीत रहेर आयोजना गरेको पत्रकार सम्मेलनमा तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने धारणा राख्नु भएको छ ।

पत्रकार सम्मेलन सभाति सिंहले यसअघिको निर्देशन अनुसार, कांग्रेसको केन्द्रीय कार्यसमितिले तय गरेको १५ औँ महाधिवेशनको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको प्रारम्भिक कार्य देशभरका जिल्ला तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रले सम्पन्न गर्नुपर्ने थियो ।

जाजरकोट कांग्रेसले मंसिर १५ गते केन्द्रीय कार्यसमितिले दिएको निर्देशनबमोजिम, दिनरात खटेर बस्तीबस्ती पुगी क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको प्रारम्भिक कार्य सम्पन्न गरिसकेको उहाँको दाबी छ ।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २६–२८ गतेसम्मका लागि तोकिएको छ ।

कांग्रेस अधिवेशनमा सधैँ विवादको विषय बन्ने क्रियाशील सदस्यता जाजरकोटमा विवादरहित रूपमा सम्पन्न भएको पनि सिंहको भनाइ छ ।

‘बदलिएको सन्दर्भ, जनचाहना र नयाँ जनादेशको परिस्थितिले अब महाधिवेशन कुनै पनि बहानामा ुोक्न नहुने तर्क सिंहको छ ।, ‘सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय गरेको सन्दर्भमा जाजरकोट कांग्रेस निर्वाचनको पक्षमा प्रस्ट रहेको समेत सभापति सिंहको छ ।

त्यस्तै जाजरकोट जिल्लामा पार्टीप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको समेत सभापति सिंहको दावी छ । पुरानो सदस्यतामा करिब ५० प्रतिशत नयाँ सदस्य थपिएका छन् । तीमध्ये २५–३० प्रतिशत ‘जेनजी’ उमेर समूहका युवा छन् भने करिब ४०–४५ प्रतिशत नेपाल सरकारले परिभाषित गरेको ४० वर्ष मुनिका युवा सक्रिय सदस्यतामा आबद्ध भएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नु भयो ।

पार्टीमा जोडिने साथीहरूको बढ्दो संख्याले कांग्रेसले महाधिवेशनभन्दा अर्को कुनै विकल्प खोज्नुहुँदैन र यसलाई कुनै बहानामा सार्नुहुँदैन भन्ने देखाएको पनि सिंहले बताउनु भयो।

‘अधिवेशन नचाहने जिल्लाले सदस्यता वितरण नगरेका होलान्, तर हामीलाई महाधिवेशन चाहिएको भन्दै ‘आफुहरु नयाँ जनादेशका साथ बदलिएको कांग्रेस लिएर जनतामा जान चाहन्छौँ । यसले जनजीविकाका सवाल, युवा तथा जेनेजी पुस्ताका माग सम्बोधन गर्ने छ ।’ भूकम्पले थला परेको जाजरकोटमा दुई वर्ष बितिसक्दा पनि पुनर्निर्माणमा राज्यको उदासीनता देखाएको पनि सभापति सिंहले बताउनु भयो ।
चौधौँ अधिवेशनमा जाजरकोटको क्रियाशील सदस्य संख्या ५ हजार २५४ रहेकामा अहिले ४ हजार १ जनाले क्रियाशील सदस्यता नवीकरण गरेका सि)हले जानकारी दिनु भयो । नवीकरण नभएका सदस्यहरूमा औसतमा केहीको निधन भएको ,२००–३०० शिक्षक कर्मचारीले नवीकरण नगरेको र केही मात्रमा विदेशमा रहेका हरु छन । नयाँ सदस्यता वितरण सुरु भएपछि हालसम्म पुरानो नवीकरण संख्याको झन्डै ५१ प्रतिशत अर्थात् दुई हजार २० नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जाजरकोट कांग्रेसले आगामी फागुनमा हुने चुनावका लागि उम्मेदवारको नाम पनि सिफारिस गरिसकेको छ ।सभापति सिंहले भने, ‘राष्ट्रिय तथा प्रतिनिधिसभाको आसन्न निर्वाचनको विषम परिस्थितिमा एक घण्टा पनि अलमल गर्ने छुट छैन ।’बदलिँदो परिवेशमा युवा, जेनेजी पुस्ता र ज्येष्ठ नागरिकका भावना सम्बोधन गर्न पार्टीको आन्तरिक अधिवेशन अपरिहार्य रहेको उहाँको भनाइ छ ।

निर्वाचन आयोग समानुपातिक बन्द सूचीको काम समाप्त गर्ने गरी अगाडि बढिसकेपछि देश चुनावमय बन्ने छ, यसमा जिम्मेवार दलहरूले अलमल गर्नुभन्दा तयारीमा जुट्नु पर्ने तर्क सिंहको छ ।

तपाईको प्रतिक्रिया