जाजरकोटमा अबैध भरुवा बन्दुक सहित पाँच जना पक्राउ

जनसन्देश सम्बाददाता
जाजरकोट ,पुस १६ गते । जाजरकोट प्रहरीले ३  थानअबैध भरुवा बन्दुक सहित सहित ५ जनालाई पक्राउ गरेको छ । यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जंगलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँचजना सिकारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह रहेको प्रहरीले जनाएको छ ।

सिकार खेल्न गएका ६ जनामध्ये प्रचण्डदेवलाई गोली लागेर मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी सुधीरकुमार खड्काले जानकारी दिनु भयो । पक्राउ परेकाबाट तीन थान भरुवा बन्दुक, फलामको दुई थान चक्कु, बारुद १३५.१८ ग्राम, भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामत गरिएको सूचना अधिकारी खड्काले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी बसन्त कुमार शर्माले पक्राउ परेका सवैलाई जिल्ला अदालत वाट ७ दिनको म्याद थप गरेर थप अनुन्धान भइरहेको जानकारी दिनु भयो ।

 

तपाईको प्रतिक्रिया