
सहदेव बस्नेत
जाजरकोट, माघ १ गते । जाजरकोटमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मत्यू भएको छ । गए राति ११ बजे तिर छेडागाड नगरपालिका .५ रातिपोरी भिर नजिकै भित्रि सडक खण्डमा मनघाट बाट खारा बजार तर्फ जाँदै गरेको छेडागाड नगरपालिकाको भे १ द ६५ नम्बरकोट् खाली ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक छेडागाड वडा न. १२ सिर्पाचौर निवासी बर्ष ३० का नर बहादुर नेपालीको मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते चालकलाई प्रहरीले तत्काल उद्धार गरि नगर अस्पताल छेडागाडमा लिएर उपचारकै क्रममा राती २ बजे मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले ट्याक्टरको एक्कासी स्टेरिङ फेल भई सडक देखी अं.५० मिटर तल छेडाखोलाम गएको जानकारी दिनु भयो । दुर्घटना वारे अन्य आवस्यक अनुसन्धान भइरहेको र शव नगर अस्पतालमै रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो ।

जनसन्देश खबर । १ माघ २०८२, बिहीबार १०:५६