
जनसन्देश सम्बाददाता
जाजरकोट, पुस ३० गते । रुकुम पश्चिमको आठविसकोट नगरपािलकामा भूकम्प पुर्व तयारी विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय पहल लाइफ परियोजना सन्चालनमा आएको छ । कारितास जर्मनी , कारितास नेपालको आर्थिक सहयोगमा युवा जागरण विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोटको साझेदारिमा उक्त परियोजना सन्चालनमा आएको हो । परियोजना जाजरकोट भूकम्प २०८० बाट अति प्रभावित वडा नं १३ र १४ मा कार्यान्वयनमा आउन थालेको परियोजना २०२५ अक्टोवर देखि सेप्टेम्वर २०२८ सम्म सन्चलानमा आउन थालेको जानइएको छ ।
मंगलवार आठविसकोट नगरपालिकाको साभाहलमा आयोजना गरिएको परियोजना प्रारम्भ वैठकमा उक्त कुराको जानकारी गराईएको हो । परियोजनाको लक्ष, उद्येश्य, सन्चालन हुने कार्यक्रम तथा वजेट वारे नगरपालिका तथा नगरपालिका भित्र कार्यरत सरोकारवाला विकास साझेदारहरुलाई जानकारी गराउने उद्ययश्ले उक्त वैठकको आयोजना गरिएको यार्सन जाजरकोटका अध्यक्ष अमर सिंह राठौरले जानकारी दिनु भयो ।
आठविसकोट नगरपालिकाका उपप्रमुख धन कुमारी शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका सवै विषयगत साखा प्रमुखहरु,वडा नं १३ र १४ का वडाअध्यक्ष, वडा सचिव, यार्सन जाजरकोटका परियोजना कर्मचारीहरु, विकास साझेदारको सहभागिता रहेको थियो ।

कार्यक्रममा कारितास नेपालका कार्यक्रम अधिकृत हेमराज भट्टले परियोजनाको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । जसमा अधिकृत भट्टले संस्थाले आठविसकोट नगरपालिकामा जाजरकोट भूकम्प लगत्तै देखि सम्पन्न गरेका र आगामि ३ वर्षको अवधिमा सन्चालन गरिने कार्यक्रमका वारे प्रस्तुती मार्फत जानकारी गराउनु भएको थियो ।
परियोजनाको उद्येश्यमा ःअभिमुखीकरण, तालिम र सचेतना कार्यक्रमहरू मार्फत समुदायको सहभागिता बढाई बहुबिपद तथा जलवायु परिवर्तनका प्रभाव न्युनिकरणका लागी समुदायको उथ्थानशिलता वृद्धी गर्नु।
विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तन अनुकुलन वारे स्थानीय क्षमताले समुदायको उत्थानशीलता तथा जोखिम न्यूनीकरणमा योगदान पु¥याउन जलवायु सहनशील कृषि, वैकल्पिक जीविकोपार्जन तथा प्रकृतिमा आधारित समाधान का लागि सहयोग गर्ने।
स्थानीय संस्थाहरूको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि भई प्रभावकारी विपद् व्यवस्थापन तथा समन्वय सुनिश्चित गर्ने रहेको थियो ।

कार्यक्रमको औचित्य र सहभागिहरुलाई स्वागत गर्दै यार्सन जाजरकोटका कार्यक्रम निर्देशक सहदेव बस्नेतले परियोजना वारे सरोकारवालाहरुको साझा बुझाइ ,परियोजनामा स्थानिय सरकार र साझेदार संस्थाको भूमिकाहरु, जिम्मेवारी र प्रतिबद्धता स्पष्ट गर्ने वैठक आयोजना गरिएको भनाई राख्नु भएको थियो । साथै परियोजनाको गतिविधी र बजेटको जानकारी ,परियोजनाको स्वामित्व र जिम्मेवारी आदीवारे साझा वुझाईका लागि वैठकमा छलफल हुने बस्नेतले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा कारितास नेपालका प्रादेशिक व्यवस्थापक जनक शर्माले परियोजना स्थानिय सरकार सँगको साझेदारिमा सन्चालन भई समुदायको विपद जोखिम न्यूनिकरणका लागि उत्थानशील वनाउने भनाई राख्नु भएको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै नगर उपप्रमुख धन कुमारी शाहीले कारितास नेपाल र यार्सन जाजरकोटले जाजरकोट भूकम्प लगत्तै पालिका सँगको सम्पर्क र साझेदारिमा राहत लगायत अस्थायि आवास निर्माण, विद्यालयमा अस्थायि सिकाई केन्द्र निर्माण, नमुना आवास निर्माण, सिचाई खानेपानीका क्षेत्रमा गरेको कामको प्रसंसा गर्नु भएको थियो । अव फेरी संस्थाले आठविसकोट नगरपालिकालाई छनौट गरेर कार्यक्रम सन्चालनमा ल्याएकोमा पालिकाको तर्फवाट हार्दिक धन्यवाद दिदै कार्यक्रम सन्चालनका दौरानमा समन्वय तथा साझेदारिको लागि प्रतिवद्धता गर्नु भएको थियो । कार्यक्रमको सन्चालन विपद साखा प्रमुख मान वहादुर वटालाले गर्नु भएको थियो ।


जनसन्देश खबर । ३० पुष २०८२, बुधबार १४:१८