जाजरकोटको नलगाडमा एनएनडिएसडब्लुओले सुरु ग¥यो विद्यार्थी भर्ना अभियान २०८३

जनसन्देश सम्बाददाता
जाजरकोट, वैशाख ११ गते । जाजरकोटको नलगाड नगरपालिकामा यस शैक्षिक शत्र २०८३ को भर्ना अभियान सुरु गरिएको छ । भर्ना अभियानको शुभारम्भ नलगाड नगरपालिका ३ स्थीत सूर्योदय माद्यामिक विद्यालय. कैना वाट गरिएको हो । यस वर्षको शैक्षिक भर्ना अभियानको उद्घाटन गर्नु हुदै नलगाड नगरपालिकाका नगर प्रमुख डम्वर वहादुर रावतले विद्यार्थि लाई शुभकामना समेत दिनु भएको थियो ।
कार्यक्रममा वोल्नु हुदै नगर प्रमुख रावतले अव छिटै विद्यालयमा विद्यार्थिहरु भर्ना गर्ने र हाम्रा उत्पादीत विद्यार्थिहरु टिकाउ र विकाउ हुनु पर्ने धारणा राख्नु भएको थियो । भर्ना भए जति लाई विद्यालयमा टिकाउँ र टिकेका जति सवै लाई भोलीका दिनमा विकाउ हुने उद्येस्यका साथ शिक्षा प्रदान गरौं भन्ने पालिकाले लक्ष लिएकोे बताउनु भयो ।


नलगाड नगरपालिकाका शिक्षा , युवा तथा खेलकुद शाखाप्रमुख श्रोत ब्यक्ति मणिराम पोखरेलले विद्यालय भर्ना अभियानले सवै गाउँवस्तीका बालबालिकाहरुलाई विद्यालय सम्म पर्याउने अपेक्षा राख्नु भएको थियो । त्यस्तै प्रमुख पोखरेलले नलगाड नगरपालिकाले शैक्षिक क्षेत्रमा विभिन्न सीर्जनात्मक काम गर्दै आएकोमा अव छाना रहित विद्यालयमा पठनपाठन गराउने अभियानमा लागेको बताउनु भयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रीय कार्यालय काठमाण्डौ र सेभ द चिल्ड्रेन को संयुक्त सस्थाका जिल्ला अध्यक्ष रति नेपालीको सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नलगाड नगरपालिका जाजरकोटका नगरप्रमुख डम्बर बहादुर रावत हुनुहुन्थ्यो भने विशेष अतिथिमा वडा नम्बर ३ का वडा अध्यक्ष कौशी बहादुर बिष्ट , गैर सरकारी सस्था महासंघ नेपाल जिल्ला शाखा जाजरकोटका अध्यक्ष सहदेव बस्नेत रहनु भएको थियो । कार्यक्रममा शिक्षा , युवा तथा खेलकुद शाखामा कार्यरत श्रोत ब्यक्ति मणिराम पोखरेल, ज्योती विकास बैंक जाजरकोटका प्रवन्धक टेक बहादुर कुवर को सहभागिता रहेको थियो ।

त्यस्तै सस्थाका सचिव मनकला विक, विद्यालयका विब्यस अध्यक्ष प्रशान्त थापा, विद्यालयका प्रधानाध्यापक नर बहादुर शाही , माउन्ट एभरेष्ट ईन्जिनियरिङ्ग शिक्षालयका अध्यक्ष प्रबिन विक, हाम्रो पहुँच डटकमका प्रवन्धक काली बहादुर नेपाली , सस्थाका कार्यक्रम अधिकृत कृष्ण तिरुवा, पाँचतारा युवा संरक्षक मञ्चका रमेश के.सी. लगायत सरोकारवाला प्रतिनिधि र विद्यार्थी , अभिभावक, शिक्षकशिक्षिका हरुको सहभागिता रहेको थियो ।

सरकारले २०८३ को भर्ना अभियान कार्यक्रम बैशाख १५ गते २१ गते सम्म तोकेको छ । अभिभावकमा अन्यौलता नआओस् कोही विद्यार्थी पनि शिक्षाको नैसर्गिक अधिकार बाट वञ्चित हुन नपरोस भन्ने ध्येयका साथ सस्थाले अग्रिम सूचना सम्प्रेषण कार्यक्रम आयोजना गरेको कार्यक्रम अधिकृत कृष्ण तिरुवाले बताउनु भयो । सरकारले भर्ना अभियान कार्यक्रम गर्ने पुर्व सन्ध्यामा एनएनडिएसडब्लुओ ले कार्यक्रम गरि अभिभावक तथा सरोकारवाला लाई सूचना सम्प्रेषण गरेकोमा धन्यवाद दिन चाहन्छौ, विशेष गरि दलित बालबालिकाको शैक्षिक क्षेत्रमा गरिरहेको योगदान प्रशंसनीय छ – कार्यक्रममा बोल्दै गैसस महासंघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेतले भन्नुभयो ‘शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवाला सबैले समन्वयात्मक सहकार्य गरेर अगाडी बढेमा ठोस उपलब्धि प्राप्त हुन्छ ।
भ्र्ना अभियान कार्यक्रममा नलगाड नगरपालिका ३ नं. वडा कार्यालय र सूर्योदय मा. वि. कैना लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रावतले विद्यार्थी झिकाउ, टिकाउ र बिकाउ भन्ने कुरामा विशेष जोड दिन सरोकारवाला लाई निर्देशन दिनुहुदै दक्ष जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिन आब्हान गर्नु भयो ।
एनएनडिएसडब्लुओले जाजरकोट जिल्लामा सन २०१३ देखि हाल सम्म नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र कुशे गाँउपालिकामा नेपाल छात्रवृत्रि कार्यक्रम सञ्चालन गरिरहेको छ भने प्रत्येक वर्ष १२० जना दलित बालबालिकाहरुले छात्रवृत्रि प्राप्त गरिरहेका छन् ।
भर्ना अभियान २०८३ कार्यक्रम गैसस महासंघ,यार्सन जाजरकोट, सहिद स्मृति युवा क्लब,एनसिई नेपाल, हाम्रो पहुँच डटकम, रेडियो जाजरकोट एफएम, रेडियो हाम्रो पाइला एफएम, ज्योती विकास बैंक जाजरकोट, पाँचतारा युवा संरक्षक मञ्च, रोयम नेपाल, भेरीमालिका दैनिक, माउन्ट एभरेष्ट ईन्जिनियरिङ्ग शिक्षालय लगायतका सस्थाको समन्वय रहेको थियो ।


साझेदारीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटले दलित बालबालिका तथा युवायुवतीहरुको शैक्षिक अवस्थामा सुधार गर्ने ध्येयका साथ सञ्चालन गरिरहेको नेपाल छात्रवृत्ति कार्यक्रम अन्र्तगत शैक्षिक सत्र २०८३ को भर्ना अभियान लाई प्रभावकारी रुपमा अगाडी बढाउन एक दिवसीय कार्यक्रम नलगाड नगरपालिकामा बिहीबार शुरुवात गरेको हो ।

तपाईको प्रतिक्रिया