जाजरकोटमा ६९ करोड भन्दा बढि विकास साँझेदारहरुको बार्षिक बजेट तथा कार्यक्रम

जनसन्देश सम्बाददाता
जाजरकोट, वैशाख २८ गते ।
जाजरकोट जिल्लामा विकास साँझेदार निकायले ६९ करोड भन्दा बढि बार्षिक बजेट लगानी गरेका छन् । जिल्लाका ७ वटा स्थानीय तहमा विभिन्न कार्यक्रम मार्फत विकास साँझेदार निकायले ६९ करोड भन्दा बढिको बजेट लगानी गरेका हुन् ।

गैर सरकारी संस्था तथा विकास साँझेदारहरुको बार्षिक समिक्षा कार्यक्रममा ६९ करोड भन्दा बढि बजेट लगानी गरेको जानकारी प्राप्त भएको हो । जिल्ला समन्वय समिति, जाजरकोटको आयोजनामा जिल्लामा कार्यक्रम संचालन गरिरहेका गैर सरकारी संघ÷संस्था तथा विकास साँझेदारहरुको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त समिक्षा कार्यक्रममा जिल्लाका ७ वटा स्थानीय तहमा विभिन्न कार्यक्रम संचालन गरिरहेका १२ वटा संस्था एवं विकास साँझेदार सहभागी भएका थिए । समिक्षा कार्यक्रममा सहभागी भएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यक्रम निर्देशक टेक बहादुर नेपालीले सन् २०२६ मा विभिन्न कार्यक्रम मार्फत ३० करोड बजेट परिचालन गरिरहेको जानकारी दिए । त्यसैगरी आरआरएनकी माया अधिकारीले सस्टेन परियोजना मार्फत ४ बर्षका लागि ४।५ मिलेन युरो डलर खर्चगर्ने लक्ष्य लिएको बताईन । सहयोगी हातहरुको समुह साहस नेपाललेका प्रतिनीधिले सन् २०२५ मा १ करोड ७८ लाख बजेट खर्च गरेको जानकारी दिए । युवा जागरण विकास केन्द्र ९यार्सन० ले सन् २०२६ मा २७ लाख ७ हजार ९३ रुपैया खर्च गर्ने लक्ष्य राखेको कार्यक्रम संयोजक आशिश जोसीले जानकारी दिए ।

राष्ट्रिय दलित समाज कल्याण संघले १२० जना दलित समुदायका बालबालिकालाइ छात्रवृत्रि कार्यक्रम संचालन गरिरहेको कृष्ण तिरुवाले जानकारी दिए । पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले विभिन्न कार्यक्रम मार्फत जिल्लामा २० करोड ७३ लाख ८१ हजार भन्दा बढि बार्षिक बजेट परिचालन गरिरहेको कार्यक्रम संयोजक लोक बहादुर बुढाले जानकारी दिए । सोसेक नेपालले सन् २०२६ मा ५ करोड ८५ लाख २७ हजार ९७४ रुपैया खर्च गर्ने लक्ष्य लिएको सपना दुलालले जानकारी दिइन । आइएनएफ नेपालले जाजरकोट भुकम्प पुनर्लाभ परियोजना मार्फत ५ करोड ८६ लाख बजेट परिचालन गरिरहेको देवी पाण्डेले जानकारी दिए ।

असल छिमेकी नेपालका प्रतिनीधिले १ करोड ६८ लाखको बजेट परिचालन गरिरहेको जानकारी दिए । लिभटले जाजरकोट जिल्लामा १ करोड ५९ लाख ६७ हजार ९४४ रुपैया बार्षिक बजेट परिचालन गरिरहेको उपेन्द्रनाथ योगीले जानकारी दिए । नेपाल राष्ट्रिय कल्याण संघले समावेसी तथा गुणस्तरीय शिक्षा परियोजना मार्फत १५–२० लाखको कार्यक्रम संचालन गरिरहेको महेन्द्र रेग्मीले जानकारी दिए । त्यसैगरी अपाङ्ग स्वाभलम्व संस्थाले ४३ लाखको कार्यक्रम संचालन गरिरहेको अध्यक्ष नर बहादुर पुनले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त समिक्षा कार्यक्रममा रास्वपाका प्रतिनीधि प्रेम सिंह, नेपाली कांग्रेसका प्रतिनीधि महेन्द्र बहादुर शाह, नेकपा एमालेका प्रतिनीधि मुकुन्द शर्मा, नेपाली कम्युनिष्ट पार्टीका प्रतिनीधि भीम बहादुर खत्री, राप्रपाका प्रतिनीधि दिपक खनालले आ–आफ्नो भनाइ राखेका थिए भने, जनप्रतिनीधिहरुको प्रतिनीधित्व गर्दै जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाहीले भनाइ राखेका थिए । पत्रकार बालकुमार शर्मा र गैर सरकारी संस्था महासंघ जिल्ला उपाध्यक्ष गणेश बानियाले समिक्षात्मक भनाइ राखेका थिए । औपचारिक समिक्षा कार्यक्रम जिल्ला समन्वय समिति सदस्य खडक विसीले संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया