
जनसन्देश सम्बाददाता
जाजरकोट, वैशाख ३० गते । भेरी नगरपालिका वडा नम्बर १, ३ र ४ का वडा विपद् व्यवस्थापन समिति तथा स्वयम्सेवकहरूका लागि जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा सामाजिक व्यवहार सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
भेरी नगरपालिकाको विपद् व्यवस्थापन शाखाको आयोजना तथा युनिसेफ नेपालको समन्वय र सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा हालैको भूकम्पपछिको पुनर्निर्माण प्रक्रिया, लाभग्राही छनोट तथा वास्तविक पीडित परिवार सूचीबाट छुटेको विषयमा व्यापक छलफल गरिएको थियो।
वडा नम्बर ४ का अध्यक्ष वसन्त प्रसाद शर्माले वडाको वर्तमान अवस्थाबारे जानकारी दिँदै पुनर्निर्माण अनुदान तथा आगामी प्रक्रियाका विषयमा सहभागीहरूलाई स्पष्ट पार्नुभएको थियो। उहाँले छुटेका परिवारहरूको गुनासो व्यवस्थापन गरी समितिबाट अनुमोदन भएपछि मात्रै लाभग्राही कायम गरिने तथा सम्झौता प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो। अभिमुखिकरण कार्यक्रममा भेरी नगरपालिका विपद साखा प्रमुख यज्ञ गौतमले सहजकिरण गर्नु भएको थियो । विपद साखा प्रमुख गौतमलेजलवायु परिवर्तनका कारण बढ्दो आगलागी तथा वन डढेलोको जोखिम न्यूनीकरणका लागि कार्यक्रममा प्रयोगात्मक अभ्याससमेत गराउनु भएको थियो थियो। सो अवसरमा आधुनिक उपकरण ‘फायर एक्स्टिंग्विसर’ र ‘फायर बल’ को प्रयोग कसरी गर्ने भन्नेबारे व्यवहारिक जानकारी दिइएको थियो।

जनसन्देश खबर । ३० बैशाख २०८३, बुधबार ०९:२७