कुशेको पैंकमा एक्सेस परियोजना मार्फत विद्यालय स्तरीय बालिका तथा समावेशी शिक्षा र सामुदायिक गुनासो सम्वोधन संयन्त्र निर्माण

जनसन्देश सम्वाददाता
जाजरकोट, भदौ २२ गते । जनता माध्यमिक विद्यालय कुशे ९ पैंकमा विद्यालय स्तरीय बालिका तथा समावेशी शिक्षा र सामुदायिक गुनासो सम्वोधन संयन्त्र सम्वन्धि अभिमुखिकरण तथा संयन्त्र निर्माण गरिएको छ । युरोपियन यूनीयनको आर्थिक सहयोगमा सन्चालित एक्सेस परियोजना अन्तरगत यार्सन जाजरकोटको आयोजनमा कुशे ९ का वडा अध्यक्ष शिवराज गिरिकोे अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा परियोजना वारे जानकारी गराइनुका साथै समावेशि शिक्षा र सवैका लागि शिक्षाका सम्वन्धमा समेत जानकारी गरिएको थियो ।
विद्यालय स्तरीय जी आइ इ एन गठन प्रक्रिया तथा काम कर्तब्य र अधिकार, बालिका तथा समावेशी शिक्षाका लागि आवश्यक पर्ने क्षेत्र पहिचान गरि प्रभावकारी कार्यान्वयन गर्ने, अपाङ्गता भएका बालबालिका, सिमान्तकृत, दलित, हलिया परिवारका बालबालिकाहरुको शैक्षिक पहुँच तथा शिक्षामा सुधार गरि स्पष्ट जिम्मेवारीवोध तथा बुझाइ अभिवृद्धि सहित समावेशीकरणका पक्षहरुको पहिचान र सुदृढ गर्ने विषयमा सहजीकरण गरिएको हो ।


त्यसै गरि सामुदायिक गुनासो सम्वोधन संयन्त्र सम्वन्धि आवस्यकता तथा औचित्य, यसले विद्यालयमा पार्ने सकारात्मक प्रभावका वारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा कुशे गाउँपालिका शिक्षासाखामा कार्यरत शैक्षणीक श्रोत व्यक्ति निरज सिंह र यार्सनका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेत, एएलएन सीएफएसुरेन्द्र सिंहले गर्नु भएको थियो । अभिमुखिकरण पश्चात दुवै संयन्त्रको समिति समेत गठन गरिएको विद्यालयका प्रअ लोकेन्द वहादुर ्र सिंहले जानकारी दिनु भयो ।


युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन भैरहेको यो एक्सेस परियोजना एकाउन्टीविलीटी ल्याव नेपाल पिपल इन निड, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, नेपाल अपाङ्ग महिला संघ कन्सोरटियम पार्टनरको रुपमा रहेका छन भने जिल्लामा यार्सन जाजरकोट साझेदार संस्थाको रुपमा रहेको छ ।
कार्यक्रममा वडा अध्यक्ष शिवराज गिरीले यस परियोजनाले समावेशी शिक्षा र विद्यालय वाहीर रहेका वालवालिकाहरु को लागि संजाल महत्वपुर्ण हुने भनाई राख्नु भएको थियो। विदालयमा गठन भएको जीआइइएन र सीएफआर एम ले विद्यालयमा शैक्षिक गुणस्तर, विद्यालय नियमित ,आफ्ना गुनासा राख्ने प्रणालीको विकास गर्ने विश्वास व्यक्त गर्नु भयो ।
एक्सेस परियोजना अन्र्तगत कार्यक्रमको आयोजना गरिएको यार्सन जाजरकोटका कार्यक्रम ब्यवस्थापक सहदेव बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया