लाइफ परियोजनाको भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि एक हप्ते डकर्मी तालिम सम्पन्न

जनसन्देश सम्बाददाता
जाजरकोट, भदौ २१ गते । जाजरकोटमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि एक हप्ते डकर्मी तालिम सम्पन्न भएको छ । भदौ १४ देखि जाजरकोट भूकम्प वाट अति प्रभावित भेरी नगरपालिका १ पीपे मा सन्चालन भएको एक हप्ते तालिममा सहभागि हरुलाई सैद्धान्तीक तथा व्यवहारीक रुपमा ज्ञान प्रदान गरिएको छ । तालिममा कसरी भूकम्प प्रतिरोधि संरचना निर्माण गर्ने सम्वन्धि व्यवहारिक तालिम समेत प्रदान गएिको यार्सनका अध्यक्ष अमर सिंह राठौरले जानकारी दिनु भयो ।

कारितास जर्मनीको आर्थिक सहयोगमा कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा सन्चालीत लाइफ परियोजना अन्तरगत यो तालिम सन्चालन गरिएको हो । उक्त तालिममा ७ जना पुरुष र ९ जना महिला गरि १६ जनाको सहभागिता रहेको थियो ।
भेरी नगरपालिका सँगको साझेदारिमा कार्यक्षेत्रमा सन्चालन भएको तालिममा प्रशिक्षक पुष्प राज थारुले गर्नु भएको थियो । तालिममा कसरी भूकम्प प्रतिरोधि गारो माटो र ढुङ्गाले जोडेर घर वनाउन सकिन्छ भन्ने विषयमा सहभागिहरुलाई व्यवहारिक अभ्यासका साथ प्रशिक्षण दिइएको प्रशिक्षक चौधरीले बताउनु भयो ।


कारितास नेपालका वरिष्ठ कार्यक्रम अधिकृत हेमराज भट्टले स्थानीय स्तरमा दक्ष मीस्त्रीको अभाव परीपुर्तिगर्नको लागि यो तालिम आयोजना गरिएको बताउनु भयो । अव हुने पुर्ननिर्माणको क्रममा तालिम लिएका सहभागिहरु मीस्त्रीको रुपमा प्रयोग हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा भेरी नगरपालिकाका १ का वडाअध्यक्ष दीपक रानाले ७ दिनको तालिमले लगत्तै हुन थालेको जाजरकोट भूकम्प पुर्ननिर्माणमा आवस्यक पर्ने दक्ष जनशक्तिको पुर्ती गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।कच्ची संरचनाको कारण हामीले जाजरकोट भूकम्पमा यहि वडा वाट मात्र ३१ जना आफन्त गुमाउनु परेको पीडा समेत अध्यक्ष रानाले राख्नु भएको थियो ।
सहभागिको तर्फवाट हरी वहादुर अधिकारीले आफुहरुलाई तालिम वाट भूकम्प प्रतिरोधि संरचना वनाउने सैद्धान्तीक तथा व्यवहारी ज्ञान प्राप्त भएको जानकारी दिनु भयो । तालिम कार्यक्रममा तालिम अवधिको खर्चको जनलेखा परिक्षण समेत गरिएको थियो । यार्सनका लेखा अधिकृत बबि प्रकाश शर्माले तालिम अवधिमा भएको १लाख ६इ हजार खर्च प्रस्तुत गरि सहभागिहरुवाट अनुमोदन समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया