
जनसन्देश सम्बाददाता
जाजरकोट, भदौ २९ गते । जाजरकोटको नलगाडमा गए राति परेको अवरिल वर्षा सँगै आएको बाढीले बस्ती वगाउनुका साथै पशुचौपायमा क्षेति गरेको छ । नलगाड नगरपालिका १ र २ को सीमानमा पर्ने वौलाहा खोलाले नजिकै रहेको बैरीताल वजारका अस्थायि टहरा वगाएको छ । स्थानियहरु खोला वढेको आवाज आउन थाले पछि भागेर वाँच्न सफल भएका छन ।
नलगाड नगरपालिका १ का वडा अध्यक्ष धन वहादुर महरले गए रातिको अवरिल वर्षा सँगै आएको वाढीले आफ्नो वडाको बैरीताल वजारमा मात्र ११ जना स्थानीयको घर तथा पसल वगाएको जानकारी दिनु भयो । पुर्व सतर्कताका कारण मानविय क्षति नभएता पनि सरसामान सवै वगाएको महरले बताउनु भयो ।
नलगाड २ का वडा अध्यक्ष पुर्ण वहादुर खत्रीले आफ्नो वडामा वर्षा सँगै आएको पहिरोले खर्कमा रहेका हजारी खत्रीको १ हल गोरु पुरेर निकै क्षेति गरेको जानकारी दिनु भयो । बहुला खोलामा आएको बाढीले सडकको विभिन्न भाग कटानका कारण भेरी करिडोर अन्तरगत जाजरकोट, डोल्पा सडक खण्डमा मा यातायात सेवा ठप्प भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले गए रातिको वर्षा सँगै आएको वाढि पहिरोले नलगाड नगरपालिकामा ११ वटा घर, पसल वगाएको जानकारी आएको वताउनु भयो ।
यसरी घरटहरा तथा पसल क्षेति हुनेहरुमा नलगाड १ बैरिताल बस्ने मानबहादुर बि.क.को ३ वटा कोठे अस्थायी टहरा पूर्णरूपमा बगाएको ,बविता महराको अस्थाई टहरा र किराना पसल पूर्णरुपमा बगाएको , कृष्ण महरको १ कोठे अस्थाई टहरा पूर्णरूपमा बगाएको छ ।
त्यस्तै मेघराज कुमाईको बोइलर कुखुराको दाना राखेको अस्थाई टहरा पूर्णरूपमा क्षति भएको, नन्दे महरको कपडा पेल्ने मेसिन सहित अस्थाई टहरापूर्ण रूपमा क्षति ,बल बहादुर बि.क.को किराना पसल भएको अस्थायी टहरा पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज वराल सहितको सरक्षा निकायका प्रमुख हरुले स्थलगत अवलोकन गरि क्षेतिको विरण लिएको र नागरिकहरुलाई सुरक्षित स्थानमा सार्ने र अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिइएको छ ।


जनसन्देश खबर । २९ भाद्र २०८३, सोमबार १२:३९