जाजरकोटमा सुरक्षित विद्यालय, सुरक्षित सिकाई अभियान सम्वन्धि सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनसन्देश सम्बाददाता
जाजरकोट, असोज २ गते। जाजरकोटमा सुरक्षित विद्यालय, सुरक्षित सिकाई अभियानमा हाम्रो भुमिका विषयक सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिका १ रीम्नामा शुक्रवार सम्पन्न कार्यक्रममा सवै ुरोकारवालाहरु विच कसरी विद्यालय लाई सुरक्षीत गराउन सकिन्छ भन्ने सवालमा छलफल भएको थियो । एनसिई जिल्ला समिति जिल्ला समिति जाजरकोटको आयोजनामा, एजुकेसन आउट लाउड – सामाजिक जवाफदेहिताका लागि पैरवीको समन्वयमा तथा यार्सन जाजरकोटको एक्सेस परियोजनाको सहकार्य रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर तथा वडाका जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि,विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षा सम्वन्धि काम गर्ने सरोकारवला संघ संस्था तथा सरकारी कार्यालय, शिक्षक तथा बाल क्लवका वालवालिकाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह तथा एनसीइका जिल्ला संयोजक सहदेव बस्नेत, शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रास. तीलक भट्टराई, नेपाल राष्टिय दलिक समाज कल्यााण संघ का जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवाले विषय वस्तुमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा नेपालमा विपद, विद्यालय र सिकाई तथा सुरक्षा,वालवालिकामा पर्ने विपदको असर,विपदका दृष्टिमा सुरक्षित विद्यालयका तत्वहरु ,भौतिक सुरक्षा आदी विषयमा छलफल भएको थियो ।

सुरक्षीत संरचनाहरु, संरक्षित घेरावार, विपदमा निकास विपद जोखिम नक्साँकन वारे जिज्ञासा राखेका थिए ।
छलफल गरिएका ५ वटा मुख्य विषयवस्तु
१. विपद्का कारण शिक्षामा पर्ने प्रभाव र सिकाइ निरन्तरता
बाढी, पहिरो, भूकम्प, डुबानलगायतका विपद्का कारण विद्यालय बन्द हुने, बालबालिका विस्थापित हुने र सिकाइमा अवरोध आउने अवस्थाबारे छलफल गरियो।
२. सुरक्षित विद्यालय तथा सुरक्षित सिकाइ वातावरण
विद्यालय भवन, कक्षाकोठा, खानेपानी, सरसफाइ, शौचालय, विद्यालय परिसर तथा शैक्षिक सामग्रीलाई विपद् जोखिमबाट सुरक्षित बनाउनुपर्ने विषयमा छलफल गरियो।
३. जोखिममा रहेका बालबालिकाको समावेशी शिक्षा
अपाङ्गता भएका बालबालिका, बालिका, दलित, सीमान्तकृत तथा अन्य जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच, सहभागिता र निरन्तरताका लागि विशेष व्यवस्था गर्नुपर्ने विषयमा छलफल गरियो।
४. विपद्को समयमा वैकल्पिक सिकाइ र शिक्षा निरन्तरता
विद्यालय बन्द भएको अवस्थामा वैकल्पिक तथा निरन्तर सिकाइका अवसरहरू सुनिश्चित गर्न स्थानीय तह, विद्यालय र समुदायले अपनाउनुपर्ने उपायहरूबारे छलफल गरियो।
५. स्थानीय तहको नीति, योजना, बजेट र जवाफदेहिता
विपद् पूर्वतयारी, सुरक्षित विद्यालय, शिक्षामा लगानी, लैङ्गिक तथा जलवायु उत्तरदायी बजेट र स्थानीय पाठ्यक्रममा जलवायु तथा विपद् सम्बन्धी विषय समावेश गर्न स्थानीय तहले लिनुपर्ने पहलका विषयमा छलफल गरियो।


कार्यक्रमका ५ वटा मुख्य उपलब्धिहरू

१। विपद्को समयमा पनि बालबालिकाको सिकाइ निरन्तरता र शिक्षाको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा सहभागीहरूमा सचेतना तथा साझा बुझाइ विकास भएको।

२। विद्यालय भवन, कक्षाकोठा, खानेपानी, सरसफाइ तथा सुरक्षित सिकाइ वातावरणमा रहेका सम्भावित जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरूबारे जानकारी अभिवृद्धि भएको।

३। अपाङ्गता भएका बालबालिका, बालिका, दलित, सीमान्तकृत तथा अन्य जोखिममा रहेका बालबालिकालाई विपद् तथा विद्यालय बन्दको अवस्थामा समेत प्राथमिकताका साथ शैक्षिक सेवामा जोडिराख्नुपर्ने विषयमा प्रतिबद्धता विकास भएको।

४। स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी, नागरिक समाज तथा अन्य सरोकारवालाबीच सुरक्षित विद्यालय र सिकाइ निरन्तरताका लागि सहकार्य र साझा जिम्मेवारीको आवश्यकता स्पष्ट भएको।

 

५। विपद् पूर्वतयारी, सुरक्षित विद्यालय, जलवायु न्याय तथा शिक्षामा लगानी र जवाफदेहिताका लागि स्थानीय तहमा आवश्यक नीति तथा बजेट व्यवस्थापन गर्न पैरवी गर्ने आधार तयार भएको।
एनसीइ नेपालले जिल्लामा शैक्षिक सुधार, नितिगत व्यवस्थामा वकालत, वालिका तथा समावेशि शिक्षा, विद्यालय वाहीर रहेका वालवालिकाहरुका लागि विवद्यालय भर्ना अभियान जस्ता कार्य सरोकारवालहरु विचको समन्वयमा गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया