कुशेका ३ वटा विद्यालयमा पहुँच परियोजना मार्फत विद्यालय सुधार योजना समिक्षा तथा अद्यावधिक कार्य सम्पन्न

जाजरकोट, असोज २८ गते ।
जनसन्देश सम्बाददाता ।


। जाजरकोटको कुशे गाउँपालिकामा रहेका ३ वटा विद्यालयको विद्यालय सुधार योजना एसआइपी समिक्षा तथा अद्यावधिक कार्य सम्पन्न गरिएको छ । श्री दीपेन्द्र मा.वि कुशे ६ घरंगा, जनता मा.वि कुशे ९ र्पैक र मान्ने ढुगँगा मा.वि. कुशे २ टालेगाउँमा उक्त कार्य सम्पन्न गरिएको हो । विद्यालयहरुले निर्माण गरेका योजनालाई समिषा गरेर समय सान्दर्भिक विषय वस्तुलाई अद्यावधिक गर्ने कार्य सम्पन्न गरिएको यार्सन जाजरकोटका कार्यक्रम निर्देशक सहदेव बस्नेतले जानकारी दिनु भयो । जस अन्तरगत उक्त योजनामा बालिका तथा समावेशि शिक्षा, गुनासो सुनुवाई प्रणाली, समावेशि शिक्षा, अपाँगता भएका बालबालिकाहरुलागि बिशेस व्यवस्था , विपद पुर्व तयारी जस्ता कुराहरुलाई समेटेर अद्यावधिक गरिएको जनता मा.वि.पकैंका प्र.अ. लोकेन्द्र सिंह ले जानकारी दिनु भयो । कार्यक्रममा विद्यालयका शिक्षक,जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लव, बालिका समावेहि शिषा संजाल वाट सहभागिता रहेको जनाइएको छ । यस्ता खाले कार्यक्रमले विद्यालयहरुलाई समाय सापेक्ष योजना वनाउन सघाउ पुगेको कुशे ९ का वडा अध्यक्ष शिवराज गीरी ले बताउनु भयो । आफुहरुका लागि यस कार्यक्रमले विद्यालयको सुधार योजना निर्माणमा सघाउ पुगेको दीपेन्द्र मावि. कुशे ६ घरंगाका विव्यस अध्यष रमेश विक्रम शाहीको भनाई छ ।

तपाईको प्रतिक्रिया