जाजरकोट, असोज २७ गते ।
जनसन्देश सम्बाददाता

युरोपियन युनियनको आर्थिक सहयोग तथा एकाउन्टीबीलीटी ल्याब,पीन, एनसीई नेपाल, एन डव्लुडिएको सहकार्य तथा यार्सन जाजरकोटको साझेदारीमा सञ्चालित पहुँच परियोजना अन्तर्गत अन्तर्गत सामुदायिक सिकाइ केन्द्र को क्षमता अभिवृद्धिका लागि कुशे गाउँपालिामा जनप्रतिनिधि तथा सरोकारवाला सँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कुशे गाउँपालिकाका कार्यवाहक अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा, साखा प्रमुख, शिक्षा स्रोत व्यक्ति, सामुदायिक सकिार्य केन्द्रका सहजकर्ता तथा पदाधिकारीहरुको गरि १२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रको आवश्यकता, यसको संस्थागत विकास तथा अभिवृद्धिका लागि स्थानीय तहको भूमिका र जिम्मेवारीका विषयमा छलफल गरिएको थियो। साथै, सामुदायिक सिकाइ केन्द्रलाई कसरी प्रभावकारी तथा दिगो रूपमा सञ्चालन गर्न आवश्यक कार्यविधि निर्माण, स्वीकृति र कार्यान्वयनका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो।
कार्यक्रममा यार्सन जाजरकोटका कार्यकारि निर्देशक सहदेव बस्नेतले आवस्यक सहजीकरन गर्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका का.वा. अध्यक्ष श्री धन वहादुर सिंहले सामुदायिक सिकाइ केन्द्रले विद्यालय वाहिर रहेका वालवालिकाहरु लाई विद्यालय पठाउन सहजीकरन गर्नु पर्ने बताउनु भएको थियो । साथै, गाउँपालिकामा सामुदायिक सिकाइ केन्द्र को व्यवस्थापन तथा क्षमता अभिवृद्धिका लागि लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा यस पालिकामा रहेका ३ वटा सामुदायिक सीकाई केन्दका सहजकर्ता तथा पदाधिकारीहरुले आफ्नो समस्या, तथा योजनाका वारेमा प्रस्तुत गरेका थिए ।्र त्यस्तै कुशे गाउँपालिकाका शिक्षा साखा प्रमुख गणेश वहादुर रावतले आफुहरु पनि सामुदायिक सिकाई केन्द्रको कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। साथै सामावेशि शिक्षाका लागि पनि सामुदायिक सिकाई केन्द्रहरुले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा राख्नु भएको थियो ।

जनसन्देश खबर । २९ आश्विन २०८३, बिहीबार ०६:५८