
जाजरकोट, वैशाख १३ गते । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आफ्नो कार्यकालमा टुक्रे योजनाको अन्त्य हुने बताउनु भएको छ। मन्त्री भएपस्चात पहिलो पटक गृह जिल्ला जाजरकोट पुगेर प्रेस यूनियनले गरेको पत्रकार सम्मेलनमा मन्त्री सिंहले यस्तो बताउनु भएको हो ।
टुक्रे योजना कर्णाली विकासको बाधक भएकाले यसको अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘स—साना टुक्रे योजनाले कर्णालीको विकास हुदैन्, अवको बजेटमा टुक्रे योजनाको अन्त्य हुनेछ ।’आउँदो आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायतका विकासका पूर्वाधारहरुलाई पहिलो प्राथमिकता राखी बजेट निर्माण गरिने मन्त्री सिंहको भनाई छ ।
मन्त्री सिंहले योजना मागको परम्परागत शैलीलाई तोड्ने बताउनु भएको छ । भुगोलको आबश्यकता र बस्तीको मागका आधारमा नभएर प्रदेश राजधानीका होटेलहरुमा बसेर मन्त्रीलाई प्रभावमा पार्ने, दलाली गर्ने विचौलियाहरुको अन्त्य गर्न आफुले निर्देशन गर्ने मन्त्री सिंहको भनाई रहेको थियो ।
भारत र चीनको खुल्ला ब्यापार नाका नभएको कर्णाली प्रदेश राजश्व संकलनमा देशका अन्य प्रदेश भन्दा पछि रहेको बताउदै मन्त्री सिंहले मुगुको राराको आकर्षण बढाउने, डोल्पाको शे–फोक्सुण्डोको बास्तबिकतालाई चिनाउन सक्ने बजेट तर्जुमा गर्ने तयारीमा जुटेको भनाई राख्नु भएको थियो
बेरोजगारीको समस्याले बिदेश पलायन भईरहेका युवाहरुलाई आफ्नै देशमा स्वरोजगार बन्न सक्ने, आम युवायुवतिहरुलाई उत्पादनसंग जोड्न सकिने नीति तथा कार्यक्रम अनुरुपको बजेट ब्यबस्था गर्ने योजनामा रहेको मन्त्री सिंहले भनाई राख्नु भएको थियो ।

जनसन्देश खबर । २४ श्रावण २०८०, बुधबार ११:०९