जाजरकोटलाइ ५ बर्ष भित्र बालबिबाह मुक्त गरिने

जाजरकोटका सात वटै स्थानीयतहले ५ बर्ष भित्र बालविवाह मुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पालिका भित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह , बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखहरुले सन २०२८ सम्ममा जाजरकोटलाइ बालविवाह मुक्त गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
शनिवार जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको कार्यक्रममा पालिकाका सरकार प्रमुख तथा उनीहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिभिन्न ८ बुंदे साझा प्रतिवद्धता व्यक्त गर्दै बालबालिका माथी हुने सबै खालका हिंसा समेत अन्त्यका लागि उनीहरुले प्रतिवद्धता व्यक्त गरिएको हो।
जिल्लाका सरोकारवालाको संयूक्त बैठकमा साझा धारणा बनाई सन् २०२८ सम्म लक्ष्य हासिल गर्ने प्रतिवद्धतामा हस्ताक्षर समेत भएको हो । स्थानिय तहमा बालकल्याण अधिकारीको ब्यवस्था गर्ने,े, बाल विवाहको भोजभतेरमा संलग्न नहुने,सचेतिकरणका कार्यक्रम संचालन गर्ने लगायतका ८ बुदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा ६५ प्रतिशतले १९ बर्ष नपुग्दै विहे गर्ने गरेका छन् ।
कार्यक्रममा जिल्ला सरकारी वकील कार्यलयका जाजरकोटका जिल्ला न्यायधिबक्ता रत्न प्रसाद गिरीले बालवालिका, वालश्रम र वालवालिकामाथि हुने हिंसा सम्वन्धि कानुनी प्रावधान सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रहरी नायव उपरिक्षक सन्तोष रोकाले जिल्लामा भएका बालवालिकाहरुको संरक्षणसंग सम्वन्धित घटना तथा प्रगतीको बारेमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र स्थानीय संघ संस्थाको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम भएको थियो । जिल्लाका बालबालिका सम्वन्धी गरेका काम , बालविवाह हुन नदिन गरिएका प्रयासको विषयमा समेत जानकारी गराएको थियो ।
जिल्ला प्रशासन् कार्यालय, नेपाल प्रहरी, जिल्ला स्थित स्थानीय तहहरुले बाल मैत्री स्थानीय शासन लागु र कार्यान्वनको लागि अन्य जिल्ला स्थित संस्थाहरुसंग समन्यव र सहकार्य गरि अगाडी बड्नु पर्ने कुराको समेत जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया